IIMS College

ISMT

HUB Education

विदेशिएका नेपालीमाथि किन खनिन्छन् मन्त्री पण्डित ?

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एकपटक फेरि चर्चामा छन् । उनको चर्चाको कारण प्रशासन वा कर्मचारीतन्त्र सुधारले होइन । बरु, ‘विदेशको मताअधिकार र नागरिकता लिएका नेपाली भूपू हुन्’ भन्ने अभिव्यक्ति दिएर आलोचनात्मक चर्चामा आए मन्त्री पण्डित । 

 

विगतमा पनि उनी विदेशका नेपालीलाई सत्तोसराप गरिरहन्थे र मिडियाको हेडलाइनमा छाइरहन्थे । यसपटक उनको भनाइले विदेश बस्ने लाखौं नेपालीको भावनामा चोट मात्र पुगेको छैन्, केही आशंकाहरू पनि जन्माएको छ । मन्त्री पण्डितले ‘भविष्यमा आवश्यक कानुन परिवर्तन गरेर विदेशी नागरिक भइसकेकाको पैतृक सम्पत्तिमा अंश नलाग्ने व्यवस्था पनि गर्छु’ भनेपछि यसले थप आशंका पैदा गरेको हो । 

 

नयाँ संविधानमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरि नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने उल्लेख छ । तर, मन्त्रीको भनाइले संविधानमा व्यवस्था गरिएपनि कानुन के कस्तो बन्ने हो भन्ने चिन्ता अधिकांश गैर आवासीय नेपालीहरूमा छ । 

 

नयाँ संविधानमा गैरआवासीय नागरिकता प्रदान गर्न सकिने भन्ने उल्लेख भएपनि के कस्तो हुने स्पष्ट छैन्, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य भन्छन्, ‘गैर आवासीय नागरिकता लिएपछि विदेशको पासपोर्ट लिने कि नलिने ? अरु धेरै कुरा अझै अस्पष्ट भएकाले हामीले नेपाल सरकारलाई झकझकाइरहेका छौं । हामीले आफ्नो मागसहित नेपाल सरकारलाई कन्सेप्ट पेपर बुझाइसकेका छौं ।’ 

 

पण्डितसँग चिडिए एनआरएन

 

विदेश बस्ने लाखौं नेपालीको भावनामा चोट पुगेको भन्दै गैर आवासीय नेपाली संघ, बेलायतले मन्त्री पण्डित विरुद्ध आवाज उठाएको छ । मन्त्रीको अपमान र आपत्तिजनक भनाइ बारम्बार आइरहँदा समेत एनआरएनए केन्द्र चुप लागेर बसेको भन्दै एनआरएनए यूकेले गत साता लन्डनमा एक पत्रकार सम्मेलन गरि सम्बन्धित निकायसमक्ष ध्यानाकर्षण गरेको हो । मन्त्री पण्डितको अभिव्यक्तिले विदेशमा बस्ने झण्डै ४० लाख नेपालीलाई चित्त दुःखाएको भन्दै आफ्नो भनाइ नसच्याए बहिष्कार गर्ने सम्मको चेतावनी एनआरएनए यूकेले दिएको छ ।

 

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले नेपाल सरकारका एक जिम्मेवार मन्त्रीको भनाई आपत्तिजनक भएको बताए । ‘मन्त्रीको भनाइले विदेश बस्ने लाखौं नेपालीको मात्र होइन, हाम्रो गाउँघर, पाखा–पखेरा, परिवार र आफन्तजनको पनि आत्मा रोएको छ’, अध्यक्ष फगामी भन्छन्, ‘अहिले हामीले आवाज नउठाए अझै अप्ठेरो परिस्थिति आउन सक्छ । त्यसैले विश्वभरका नेपालीलाई हाम्रो अभियानमा साथ दिन आग्रह गर्दछु ।’ तर, आफूहरुको आवाज सभ्य, शान्तिपूर्ण तरिकाले आउने र यो न्यायोचित भएको पनि फगामीको विश्वास छ । 

 

 

एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले र संरक्षक योगेन क्षेत्री मन्त्री पण्डितको सोच ‘घातक’ रहेको ठान्छन् । संरक्षक क्षेत्रीले त मन्त्रीले विदेशी दलालको पैसा खाएर नेपालीलाई बारम्बार गाली र अपमान गर्ने गरेको टिप्पणी नै गरे । क्षेत्रीले मन्त्री पण्डितको राजीनामा माग गर्दै गैर आवासीय नेपालीलाई विचलित नभई देश बनाउन लाग्नुपर्नेमा समेत जोड दिएका छन् ।

 

विदेश बस्ने नेपालीले आपतविपतमा मातृभूमिलाई तन, मनले सहयोग गरेको, लगानी जुटाएको, आर्थिक समृद्धिमा हातेमालो गर्न चाहेको र विदेशमा समेत नेपाली कला, संस्कृति, भेषभुषा र भाषा जोगाइराख्दा पनि मन्त्री किन खनिन्छन् भन्ने आम एनआरएनको प्रश्न छ । विकसित कयौं मुलुकले दोहोरो नागरिकतालाई मान्यता दिएका र विदेश बस्ने नागरिकहरूले नै देश समृद्ध बनाएको दृष्टान्त भुलेर मन्त्री पण्डित एकपक्षीय रुपमा खनिनु दुःखद् भएको एनआरएन अगुवाहरूको भनाइ छ । 

 

एकजना मन्त्रीको एनआरएन विरोधी धारणा आउँदैमा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको कतिपयको भनाइ छ । मन्त्रीपरिषद्का एक जना सदस्यको भनाइलाई लिएर नेपाल सरकारलाई नै नकारात्मक देख्न नहुने विचार धेरैको छ ।

 

नेपालमा हालै गृह, कानुन र परराष्ट्र मन्त्रीलाई बेग्ला बेग्लै भेटेर फर्किएका एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य मन्त्री पण्डितको भनाई चित्त दुख्दो भएपनि नेपाल सरकार एनआरएनप्रति नकारात्मक नभएको बताउँछन् । 

 

‘हामी आफू सचेत र संयमित हुन त जरुरी छ तर एकजना मन्त्रीले बोले भन्दैमा आत्तिन हुँदैन’, आचार्य भन्छन्, ‘एनआरएनए केन्द्रिय पदाधिकारीहरूको डेलिगेसनसँग नेपाल सरकारका प्रभावशाली मन्त्रीहरूले सकारात्मक कुरा गरिरहँदा अविश्वास पनि नगरौं । आचार्यले दोहोरो नागरिकता सम्बन्धी टास्कफोर्सले समेत गम्भीर भएर काम गरिरहेको समेत बताए । 

 

लालबाबुलाई मन्त्री अधिकारीको काउन्टर

 

त्यसो त संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यान्वयन हुने बताएर मन्त्री पण्डितको भनाईलाई काउण्टर दिएका छन् । 

 

अमेरिकाको सानफ्रान्सिस्कोमा गैरआवासीय नेपाली संघ अमेरिकाले आयोजना गरेको बौद्धिक सम्मेलन उद्घाटन सत्रमा मन्त्री अधिकारीले संविधानमा लेखिएअनुसार दोहोरो नागरिकताको काननु बन्ने र सरकारलाई त्यस विषयमा कुनै दुविधा नभएको प्रष्ट पारेका छन् । 

 

सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितको विवादास्पद भनाइका विषयमा प्रश्न उठेपछि मन्त्री अधिकारीले त्यसको जवाफ दिएका थिए । उनले सरकार गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्दै सहकार्य गरेर मुलुकको समुन्नतिका लागि हातेमालो गर्ने बताए । उनले विदेशमा सिकेको रेमिट्यान्समात्रै नभएर सीप, दक्षता र लगानी भित्रयाउन सरकार आतुर रहेको समेत बताए ।

 

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले नेपाल जस्ता साना देश साइप्रस, कोस्टारिका, माल्टा लगायत ३०, ४० मुलुकले आफ्ना देशका नागरिकको कुरै छोडौं, नितान्त विदेशी नागरिकलाई पनि यदि ति धनी छन् भने आफ्ना देशमा आएर बसोबास गरे हुन्थ्यो भन्ने आर्थिक नीति नै बनाएको धारणा राखे । 

 

अहिलेको भूमण्डलीकरणको जमानामा दुरदर्शी नेताहरू भएका कयौं दर्जन मुलुकमा दोहोरो मात्र होइन बहुल नागरिकता खुला गरिएको प्राध्यापक सुवेदीले बताए । ‘युरोपेली संघका सबै २७ मुलुक, क्यानडा, अष्ट्रेलिया, अमेरिका मात्र नभई नेपाल जस्तै साना वा विकासोन्मुख देश पाकिस्तान, श्रीलंका, क्याम्बोडिया आदिमा पनि दोहोरो नागरिकता खुला छ’, प्राध्यापक सुवेदीको धारणा छ ।  

 

राजदूत डा. सुवेदी एनआरएनकै पक्षमा

 

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि एनआरएनकै पक्षमा देखिएका छन् । मन्त्री पण्डितको विरोधी अभिव्यक्ति आइरहँदा राजदूत सुवेदीले एनआरएनहरूको योगदानको खुलेर प्रशंसा गरेका छन् । 

 

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी

 

बाग्लुङ समाज यूकेको कार्यक्रममा राजदूत सुवेदीले भने, ‘परिस्थितिवश कुनै देशको नागरिकता लिएपनि वा रोजगारी लिएपनि हाम्रो अनुहार, भाषा, मातृभाषा, बोली र लोलीले हामीलाई नेपाली होइन कसैले भन्न सक्दैन । न हामी आफैंले नेपाली होइनौं भन्न सक्छौं । हामी नेपाली भएर रहौं, नेपाली भएर बाँचौ र हाँसौ । तर, हामी नेपाली भएर बाँच्नको लागि, नेपाली भएर हाँस्न, शीर ठाडो पारेर उभिन पहिला नेपाल पनि रहनुपर्छ ।’ 

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविता उदृत गर्दै राजदूतले सुनाए, ‘उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे, नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ?’ 

 

बेलायतमा बस्ने नेपालीले नेपालमा दुःख आपतविपत पर्दा, बाढी पहिरो र भूकम्प जाँदा वा अन्य संकटमा आफ्नो पसिनाबाट जम्मा भएको केही रकम भएपनि नेपाल पठाएका र त्यो नै नेपाल र नेपाली बचाउने अभियान भन्दै राजदूतले प्रवासी नेपालीलाई सलाम समेत गरेका थिए ।


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 6 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 6 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 6 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।