Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सरको लागि खर्च गर्नुपर्छः सांसद दाहाल

सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सरको लागि खर्च गर्नुपर्छः सांसद दाहाल


काठमाडौँ। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन्।

शुक्रवार आज राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै उनले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताएका हुन्। साथै, उनले सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने पनि बताउनु भएको छ।

सरकारले स्वास्थ्य जोखिम करबापत उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरुमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताए।

उनले भने, ‘सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करबाट प्राप्त रकमको ८० प्रतिशत क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गरिनुपर्छ। सुर्तिजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्यो चाहिँ थोरै मात्रामा मात्रै अस्पतालहरुमा दिइने गरेको विनियोजनमा देख्यौँ। त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर सुझाव राखेका छौँ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT