Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थतिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

तिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन


काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब तिङ्कर क्षेत्रका नागरिकले सहजै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन्।

चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको तिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट हेलिकप्टरमा तिङ्कर पुर्‍याएको थियो। अब सीमा क्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा पर्यटकसमेत सञ्चारको सहज पहुँचमा पुगेका छन्।

तिङ्करमा अहिलेसम्म विकासका कुनै पूर्वाधार बनेका छैनन्। तीन हजार सात सय मिटर उचाइमा रहेको तिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट ८० किलोमिटर दूरीमा छ। तिङ्करबाट आठ किलोमिटर हिँडेपछि चीनको सिमानाको १ नम्बर पिलर पुग्न सकिन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT