Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकवाडी सङ्कलनकर्ताका कारण उपत्यकाको फोहोर व्यवस्थापन सहज

कवाडी सङ्कलनकर्ताका कारण उपत्यकाको फोहोर व्यवस्थापन सहज


काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहोर निस्कन्छ । यहाँ फोहोर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ । फोहोर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ । हाल उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबेँसी र ककनी गरी २३ नगरपालिकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय टनसम्म फोहोर सङ्कलन हुने गरेको छ । दैनिक करिब दुई सय सवारी साधनमा राखेर फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । सङ्कलित फोहरबाट पुनः प्रयोगीय वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा पुनः प्रयोगीय वस्तु न्यूनतम मूल्यका किनेर सङ्कलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ । त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगन्ज, हेटौँडा, नवलपरासी, जनकपुरलगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चापदार्थका रूपमा प्रयोग गर्ने गरेका छन् ।

नेपाल पुनः प्रयोगीय वस्तु व्यवसायी सङ्घका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा पुनः प्रयोगीय वस्तु ९कवाडी० दैनिक ३५ गाडी सङ्कलन हुने गरेको जानकारी दिए । सङ्कलनकर्ताले स्वतः गर्ने कामका कारण लगभग तीन सय ५० टन पुनः प्रयोगीय वस्तु दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उनको भनाइ । “यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चापदार्थका रूपमा पुनः प्रयोगीय वस्तु आपूर्ति गर्दै आएका छौँ । यस्तो कच्चापदार्थ पहिला सिङ्गापुर वा अन्य विदेशबाट ल्याउनुपर्थ्यो तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,” अध्यक्ष पाठकले भने ।

सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब पुनः प्रयोगीय वस्तु सङ्कलनकर्ता सात हजार छन् । उनीहरू दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुनः प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन् । यसरी पुनः प्रयोगीय वस्तु किनेर कवाडीखानामा बेच्दा मासिक रु २० हजारदेखि रु ३० हजार आफ्नो कमाई हुने गरेको काठमाडौँको बुद्धनगरका कवाडी सङ्कलनकर्ता अजय यादवले बताए। उनले कामका सिलसिलमा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने समस्या रहेको गुनासो गरे । त्यसैगरी, उपत्यकामा एक हजार सात सय पुनः प्रयोगीय वस्तु सङ्कलन स्थल (कवाडीखाना) रहेका छन् । ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ ।

विश्वमा फोहोर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको गुनासो गर्दै अध्यक्ष पाठकले भने, “यो पेसा हेपिएको अवस्थामा रहेको छ, कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ । सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटक(पटक आग्रह गरर्यो तर कुनै सुनुवाइ भएको छैन ।”

वि।सं २०३८ देखि यो पेसामा आबद्ध हुनुभएका अध्यक्ष पाठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गर्नुभयो । काठमाडौँ महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन सुरु गरेको छ । यद्यपि सङ्घको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातच्यूत गरी पुनः प्रयोग गर्न सुरु गरिएको उनले बताए । फोहोरलाई मुख्य गरी पुनः प्रयोग नहुने र पुनः प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पुनः प्रयोग नहुने फोहोरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन् । भान्साजन्य र अन्य फोहोर सड्ने फोहोर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुनः प्रयोग पनि नहुने र नसड्ने फोहोर हुन् । त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजन्य र सिसाजन्य वस्तु पुनः प्रयोग हुने वस्तु हुन् । पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलनकर्ताहरूले यी वस्तुमात्र सङ्कलन गर्ने गर्छन् ।

निजी संस्थाद्वारा ९० प्रतिशत फोहोर व्यवस्थापन

यसैगरी, फोहोर सङ्कलन गर्ने निजी संस्थाको साझा युनियन ‘फोहोरमैला व्यवस्थापन सङ्घ नेपाल’का अनुसार उपत्यकामा मात्र फोरो सङ्कलन गर्ने ५८ निजी कम्पनी छन् । ती कम्पनीमा तीन हजारभन्दा बढी कुचीकार, सङ्कलक र व्यवस्थापक कार्यरत रहेको सङ्घका महासचिव मित्रप्रसाद घिमिरेले जानकारी दिए । उपत्यकाको फोहोरमध्ये ९० प्रतिशत ती कम्पनीले र बाँकी १० प्रतिशतमात्र महानगरपालिकाले सङ्कलन गर्ने गरेको उनले बताए । काठमाडौँ महानगरपालिकाले १२, १८, १९, २०, २१, २३, २४ र २५ वडाको सम्पूर्ण फोहर सङ्कलन गर्ने गर्छ भने बाँकी वडाको फोहर निजी संस्थाबाट सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ ।

“कम्पनीले दैनिक घरघरबाट रिक्सा तथा ट्र्याक्टरबाट फोहोर सङ्कलन गरेर आ–आफ्नो सङ्कलन केन्द्रमा राख्छन् र त्यही मजदुरले पुनः प्रयोग हुने वस्तु छनौट गर्ने गर्छन् । बिग्रेको खाद्यान्न बङ्गुरलगायत जनावरका लागि दानाका रूपमा पनि प्रयोग हुन्छ । यसरी करिब २५ प्रतिशत वस्तु छुट्यान्छ र बाँकी ल्यान्डफिल साइट लगिन्छ,” उनले भने । तर जुन कम्पनीको फोहोर छुट्याउने केन्द्र हुँदैन ती कम्पनीले फोहर सिधै बञ्चरेडाँडा लैजान्छन् र त्यहीँ कुहिने तथा पुनः प्रयोग हुने वस्तु छुट्याइन्छ ।

फोहोर लैजाने कम्पनीले बञ्चरेडाँडा प्रत्येक गाडीको रु चार सय प्रवेश शुल्क तिर्ने गरेका छन् । एक सर्वेक्षणअनुसार उपत्यकाको कूल फोहोरबाट छुट्याइने पुनः प्रयोग हुने वस्तुको बिक्रीबाट मात्र दैनिक रु २० लाखदेखि रु ३० लाख आम्दानी हुने गरेको छ । यसरी हुने छनौटले एकातिर आम्दानी हुने र अर्कोतिर फोहोर व्यवस्थापनमा ठुलो सहयोग हुने महासचिव घिमिरेले बताए । यसले फोहोर ढुवानीको खर्च पनि बचत हुने गरेको छ । त्यस्ता कम्पनीले फोहोरमैलाको मात्राका आधारमा प्रत्येक घर र व्यवसायबाट लिने शुल्कमा विविधता रहेको उनले बताए। तर घरायसीका लागि न्यूनतम मासिक रु चार सय रहेको छ । उपत्यकामा करिब चार लाख घर रहेका अनुमान छ ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार बञ्चरेडाँडामा लैजाने फोहोरमध्ये ६० देखि ७० प्रतिशत कुहिने फोहोर हुन्छ भने बाँकी धातु, कागज, प्लास्टिक, सिसालगायत वस्तु हुन्छन् । दैनिक लैजाने दुई सय गाडीका फोहोरमा अनौपचारिक काम गर्ने व्यक्तिले स्वतः रूपमा पुनः प्रयोग हुने वस्तु छुट्याउने गरेका छन् । त्यसमध्ये दैनिक पाँचदेखि १० गाडी पुनः प्रयोग हुने वस्तु फिर्ता हुने गरेको उहाँले जानकारी दिए । उनले कवाडी सामग्री सङ्कलनकर्ताले आफ्नो रोजगारी र आम्दानीका सिलसिलामा स्वतः रूपमा पुनः प्रयोग गर्ने वस्तु सङ्कलन गर्दा फोहोर व्यवस्थापनमा ठुलो सहयोग हुने गरेको उल्लेख गरे ।

“यस पेसालाई सरकारले नियमन गर्नका लागि कहीँ न कहीँ औपचारिक रूपमा ल्याउन आवश्यक छ,” प्रमुख श्रेष्ठले भने । महानगरपालिकामा सरसफाइ तथा उद्यान सहायकका रूपमा ३२ वडामा तीन सय ९७, विभागमा एक सय आठ, रत्नपार्क रानीपोखरीमा छ, बालाजु बाइसधारामा १०, वसन्तपुरमा आठ, बागदरबारमा १३, शङ्खपार्कमा पाँच, राष्ट्रिय सभागृहमा नौ, सिसडोल ल्यान्डफिल साइटमा नौ, सिसडोल ल्यान्डफिल साइटमा लेन्थ वर्कर सात, सिसडोल बञ्चरेडाँडा सडकमा ‘लेन्थ वर्कर’ पाँच गरी कूल पाँच सय ७७ जना कार्यरत छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्‍यो सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम…

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश

स्वदेश फर्किए कतारी राजा

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् । मंगलबार

कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै अमिर थानीले…

काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको

सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल

Techie IT