बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

  • शनिबार, २ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

पाल्पा ।  माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको होे । 

 

गाउँमा सेवा र सुविधा नभएपछि मानिस शहरी क्षेत्रमा बसोबास गर्न थालेकाले ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् । यस वडामा करीब एक हजार घरधुरी रहेकामा १५१ परिवारका ४३७ जना बाहिरिएका छन् । प्रत्येक वर्ष १८ देखि ५१ घरपरिवार बसाइँसराइ गरी बाहिर गएको वडा कार्यालयको अभिलेखले देखाउँछ । 

 

बसाइँसराइ गरी बाहिर जाँदा ६० लाखौँ खर्चेर बनाइएको घर संरक्षणको अभावमा खाली हुनाका साथै करीब एक हजार रोपनी खेतबारी बाँझोमा परिणत भएका छन् । 

 

लामो समयसम्म मानिस बसोबास गर्न छाडेसँगै पुराना घर जीर्ण बन्दै गएका छन् । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म बसाइँ सर्नेको सङ्ख्या ४३७ पुगेको छ । विसं २०७० मा २२ , ०७१ मा ५१, ०७२ मा १८, ०७३ मा १९ र ०७४ मा ४१ गरी जम्मा १५१ परिवार गाउँबाट विस्थापित भएका हुन् । 

 

शिक्षित तथा आर्थिकरूपमा सम्पन्न परिवार माडीफाँट, तानसेन, पोखरा, बुटबल, काठमाडौँलगायतका स्थानमा बसोबास गर्दै गएपछि ग्रामीण बस्ती खाली हुन थालेको हो स्थानीय बासिन्दा नवराज पन्थीका अनुसार सेवा सुविधाको खोजीमा वर्षेनी मानिस बराइँसराइ गरी अन्यत्र जान बाध्य छन् । 

 

वडा तथा गाउँपालिकाले वडाबाट बाहिर बसोबास गर्न खोज्नेलाई यही राख्ने वातावारण सिर्जना गर्नुपर्छ । पहिला शिक्षित र सम्पन्न मानिस गाउँ छाडेको देखासिकीबाट अहिले विपन्न समुदायका मानिस पनि बराइँसराइ गरी बाहिर जान थालेको पन्थी बताउँछन् । 

 

माथागढी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद घिमिरे शर्माले खेतीयोग्य जमीन बाँझो राख्ने र घर खाली राख्ने १५÷२० परिवारसँग छलफल गरी प्रयोगमा ल्याउन अनुरोध गरिएको जानकारी दिनुहुन्छ । नौँ महिना बाहिर बसे पनि तीन महिनामा घरमा बस्न अनुरोध गरिएकाले केहीले बस्न थालेका छन् । बाँझो जमीन मालिकले अरूलाई खेती गर्न दिन सहमत भएको उहाँको भनाइ छ 

 

बसाइँसराइ गरी आउनेको सङ्ख्या झिनो मात्र छ । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म ८० जना मात्र फर्केका छन् । विंस २०७० मा चार, ०७१ मा तीन, ०७२ मा दुई, ०७३ मा सात तथा ०७४ मा तीन गरी जम्मा १९ परिवार वडाभित्र आएर बसोबास गरेका छन् । 

 

वडा सहायक नवराज पन्थीका अनुसार जिल्लाको हुमीन, रहबाँस, बहादुरपुर र स्याङ्जाबाट १९ परिवार बसाइँसराइ गरी यस वडामा आएका हुन् । उनीहरूले यहाँ खेती तथा पशुपालन गर्न थाले पनि पूर्णरूपमा व्यावसायिक बन्न भने सकेकाछैनन् । 

 


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 27 minutes ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 59 minutes ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।