नगरपालिकालाई चार रोपनी जग्गादान

  • आइतबार, ४ कार्तिक, २०७५
  • 4 weeks ago
  • नेपाल

स्याङ्जाको भिरकोट नगरपालिकाका स्थानीयवासीले भिरकोट नगरपालिकालाई चार रोपनी जग्गा निःशुल्क दिएका छन् ।

 

भिरकोट नगरपालिकाको भवन निर्माणमा भिरकोट नपा–१ दार्सिङ भर्लाकुनामा रहेको जग्गा स्थानीय समाजसेवी भीमलाल कर्माचार्य, गोविन्दकुमार कर्माचार्य, फत्तबहादुर केसी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले संयुक्तरुपमा दिएका हुन । 

 

भिरकोट नगरपालिका–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दीपेन्द्र केसीका अनुसार भीमलाल कर्माचार्यले एक रोपनी छ आना, गोविन्दकुमार कर्माचार्यले एक रोपनी छ आना, फत्तबहादुर केसीले एक रोपनी, इन्द्रबहादुर केसी र रुद्रबहादुर केसीले एक÷एक आना जग्गा उपलब्ध गराएका हुन। 

 

स्थानीयवासीले निःशुल्करुपमा उपलब्ध गराउनुभएको उक्त जग्गा चलनचल्तीअनुसार दुई करोडभन्दा बढी मूल्य पर्ने नगर प्रवक्ता केसीले बताए । “नगरपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब हामी भवन निर्माणतर्फ अघि बढेका छौँ,” प्रवक्ता केसीले भन्नुभयो, “चार रोपनी क्षेत्रफलमा फैलने उक्त भवन अत्याधुनिक किसिमको ३२ कोठाको हुनेछ ।” 

 

निर्माण थालिएको दुई वर्षमा सक्ने गरी कूल नौ करोड ७७ लाखको लागतमा ठेक्का सम्झौता भई कामको थालनी भएको छ । 

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 4 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 5 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 5 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर