जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

लन्डन । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने -ब्रेक्जिट- सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो । 

 

बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा हाल ४० हजारभन्दा बढी बेलायती कार्यरत छन् । हाल यो कम्पनी भारतीय टाटा मोटर्सको स्वामित्वमा रहेको छ । 

 

बिबिसीको रिपोर्टमा नयाँ व्यवस्थाबाट मार्केटिङ, व्यवस्थापन र प्रशासनमा सबैभन्दा बढी प्रभाव पर्ने उल्लेख छ । बिबिसीका अनुसार कम्पनीको लगानीमा करिब ३ अर्ब २० करोड कटौती गर्ने प्रस्तावका कारण कर्मचारी कटौती हुन लागेको हो । 

 

कम्पनीका कारको बिक्री चीनमा ह्वात्तै घटेको छ भने ब्रेक्जिटपछि बेलायतको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने त्रास पनि बढेको छ । 

 

मार्च २०१९ मा बेलायत युरोपेली युनियनबाट बाहिरिए पनि युरोपेली युनियनमा कम्पनीको एउटा प्लान्ट रहनेछ । 

 

गत अक्टोबरमा ल्यान्ड क्रुजरले पश्चिमी स्लोभाकीयाको नीट्रामा एक अर्ब ६० करोड लागतमा नयाँ प्लान्ट स्थापना गरेको छ । 


थप समाचार

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

  • 13 minutes ago
हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

  • 18 minutes ago
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्

काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

  • 25 minutes ago
काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा ब



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।