IIMS College

ISMT

HUB Education

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप रु छ लाख प्रदान गरेको हो ।

 

राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले आज खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गरेका जनाइएको छ । प्रदेश सरकारले प्रति मृतकलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको रु छ लाख प्रदान गरिएको हो ।

 

पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकम बापतको चेक पठाएको थियो । घर तथा आफन्त गुमाएर एक्लिएका विष्णुकुमारलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत रकम उपलब्ध गराएको हो ।

 

विष्णुकुमारको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि रु ४० हजार प्रदान गरेको थियो । श्रीमती र दुई छोरासँगै पहिरोमा पुरिएका विष्णुकुमारलाई आफन्तले उद्धार गरेर बचाएका थिए ।

 

पहिरोमा पहिरोका कारण सर्वस्व गुमाउनुभएका विष्णकुमारलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो । पहिरो पीडितलाई प्रदेश सरकारको राहत हस्तान्तरण गरेपछि वर्षा र पहिरोका कारण अवरुद्ध सडक तथा खानेपानी सञ्चालनका विषयमा छलफल भएको थियो ।


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 6 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 6 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 7 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।