ल्यापटप पनि छाडेनन नेताले

राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन ।

संबिधानसभा भंग भएको १० महिना बितिसक्दा पनि प्रमुख सचेतक र दलका नेताले लगेका ल्यापटप अधिकांशले फिर्ता नगरेको संसदको स्टोर शाखाका प्रमुख बिनोदकुमार मालीले बताउनुभयो ।

 

‘खबर गरेका छौं, धेरै भनिरहन पनि मिलेन’ मालीले भन्नुभयो– उहांहरु आफैंले जानेर बुझाउनु पर्ने हो ।’ मालीले नियम अनुसार सुविधा लिनु स्वभाविक भएपनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक भएको बताउनुभयो ।

 

मालीले क–कसले फिर्ता गरेनन् भन्ने बारेमा नाम खुलाउन चाहानु भएन । मालीले सूचना अधिकारीबाट आधिकारिक सूचना लिन भनेपनि सूचना अधिकारी केशव अर्यालले आफूले पटकपटक स्टोर शाखाबाट जानकारी माग्दा पनि नपाएको बताउनुभयो । संविधानसभाका प्रमुख ३ दलका प्रमुख सचेतक र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताले ल्यापटप लगेका थिए ।

 

२०७४ असोज २८ गते संबिधान सभाको बैठक बिधिवत रुपमा अन्त्य भएको थियो । महोत्तरी–४ बाट निर्वाचित स्वतन्त्र सांसद् चन्देश्वर झाले बैठक सकिएको केही दिनमै ल्यापटप फिर्ता गर्नुभएको थियो । स्वकीय सचिवमार्फत पठाइएको ल्यापटप बुझाएपछि झाले भन्नुभयो – २÷४ दिन बढी राख्दैमा केही हुने होइन, आलोचना आउला कि भनेर छिटै जिम्मा लाएँ ।’ नेपाल समाचारपत्रबाट


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 26 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 35 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 51 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।