लस्ती खोलाको बाढीले पर्वतको लस्तीबजार जोखिममा

  • बुधबार, ३० साउन, २०७५
  • 1 month ago
सांकेतिक फाेटाे

पर्वत । लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । 

 

जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए । 

 

“दुवै वडाका १३१ घर बाढीबाट जोखिममा परेका छन्,” उनले भने । साउन एक गते यहाँ पहिरो र बाढीका कारण एक जनाको मृत्यु भएको थियो भने तीन घाइते भएका थिए । विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । बस्ती संरक्षणका लागि दिगो योजनाको आवश्यकता रहेको जलजला–७ वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । तटबन्द निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए । कटानका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक जोखिममा छ । 

 


थप समाचार

मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

  • 5 minutes ago
मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

सिमकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

  • 25 minutes ago
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

  • 39 minutes ago
पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

काठमाडौँ । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान काठमाडाैँमा आजदेखि सुरु भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।