यी हुन् लसुनका ६ फाइदा

काठमाडौँ । भान्सामा मसलाको रूपमा प्रयोग हुने लसुनमा औषधीय गुण पनि हुन्छ । आयुर्वेदमा मात्र नभएर प्याथोलोजी विशेषज्ञहरू पनि यसलाई औषधिको रूपमा प्रयोग गर्दा धेरै फाइदा हुनेमा विश्वास गर्छन् ।

 

त्यही भएर कतिपय चिकित्सकले बिरामीलाई सन्तुलित भोजनबारे सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । त्यसो त भान्सामा लसुनको स्वाद आएन भने खाना मिठो नमान्नेहरू पनि धेरै छन् ।

 

लसुनमा शरीरलाई आवश्यक भिटामिन ए, बी तथा सीका साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिज तत्वहरूसमेत हुन्छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्नसमेत मद्दत गर्छ । कोलेस्ट्रोल नियन्त्रण हुँदा नसाभित्रै रगत जम्ने तथा बाक्लो हुन पाउँदैन । दमका रोगीहरूका लागि समेत लसुनले औषधिको काम गर्छ ।

 

४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा केही पोटी लसुन, सानो आधा चम्चा हिङ र सानो एक चम्चा सिदेनुनको धुलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकताअनुसार कान सफा गरी बिहान–बेलुका चार–चार थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

 

घिउकुमारी र लसुन पिनेर लेप लगाउने गरेमा दाद आएको ठीक हुन्छ ।

 

एक–दुई पोटी लसुन चपाएर मनतातो पानीमा दुई–तीनपटक खाँदा पनि घाँटी बसेको ठीक हुन्छ ।

 

लसुनको केस्रालाई सिलौटोमा पिन्ने र कोठीमाथि लेप लगाउने । त्यसलाई सफा कपडाले ढाक्नुपर्छ । ढाकेको २–३ घन्टासम्म त्यसै छोडिदिने । केही दिनसम्म यसरी लेप लगाउँदा कोठी आफैँ झरेर जान्छ ।

 

सस्र्युंको तेलमा लसुन पकाएर बनाइएको मिश्रणले मालिस गर्नाले शरीरमा भएको दुखाइ कम गर्छ । यसमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । कब्जियतको समस्या हटाइदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकीजस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खाँदा चिसो र अपचको समस्यालई समाधान गरिदिन्छ ।


थप समाचार

कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

  • 1 minute ago
कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

चितवन । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन ।

एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

  • 3 minutes ago
एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

सोमबार नटिंगहममा सम्पन्न कार्यसमितिको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा अधिवेसन गर्ने निर्णय गरेको अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 30 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।