जब स्वर कोकिला लत्ता मंगेशकरको हत्या प्रयास भयो...

एजेन्सी । स्वर कोकिला भारतीय गायिका लत्ता मंगेशकर उमेरले ९० वर्षकी भएकी छिन् । आफ्नो आवाजको जादूबाट विश्वलाई मन्त्रमुग्ध बनाएकी लत्ताले ३० हजारभन्दा धेरै गीतहरुमा आवाज दिइसकेकी छिन् । भारतीय संगित उद्योगमा सात दशकसम्म राज गरेकी उनी आज यस क्षेत्रमा उत्तिकै सम्मानित छिन् र आदर्शको रुपमा पुजिन्छिन् ।

 

२८ सेप्टेम्बर १९२९ मा इंदौरमा जन्मिएकी लत्ताले पाँच वर्षको उमेरबाटै आफ्नै बुवासँग संगीतको शिक्षा लिएर भारतवर्षभरी आफ्नो आवाजको शक्तिमा राज गर्न सफल भएकी लत्ताको कुनै समय हत्या प्रयास भएको थियो भन्ने बारेमा सायद कमैलाई थाहा होला । 

 

१९६२ मा जब लत्ता मात्र ३३ वर्षकी थिइन् त्यस समय उनलाई स्लो पोइजन दिएर हत्या गर्ने प्रयास भएको थियो । लेखिका पद्यमा सचदेवले आफ्नो पुस्तक ‘ऐसा कहाँसे लाउ’ मा यसबारे खुलासा गरेकी छिन् ।

 

पद्यमाले लेखेकी छिन्, ‘लत्ता जी जब ३३ वर्षको हुनुहुन्थ्यो तब उहाँले मलाई यो कुरा बताउनु भएको थियो । एक दिन विहान उहाँको पेटमा एकदमै पीडा भयो । केही समयमा नै उहाँलाई दुई तीन पटक वान्ता भयो जसमा हरियो रंगको केही चिज थियो । त्यो चीज चल्ने अवस्थामा थियो र उनको शरीरभरी नै तिब्र पीडा हुन थाल्यो । तत्काल लत्ता मंगेशकरको डाक्टर आफ्नो एक्सरे मेशिनको साथमा उनलाई चेक गर्न आए र उनलाई इंजेक्शन दिए जसका कारण उनलाई निद्रा आयो । पीडाको कारण उनी सुत्न पनि पाइनन् । त्यस पछिको तीन दिन यस्तो रह्यो कि उनी मृत्युको निकै नजिक पुगिन् । तर अन्तत उहाँ दश दिनपछि ठिक भइन् । उनको डक्टरले उनलाई कसैले स्लो पोइजन दिएको बताउनुभयो ।’

 

पुस्तकमा अगाडि लेखिएको छ, ‘यसपछि आश्चर्यको घटना यो भयो कि उनको घरको भान्से भाग्यो । यहाँसम्म कि उसले आफ्नो तलब पनि लिएनन् । लत्ताको घरमा जुन कुक खाना बनाउँथ्यो उ पहिले पनि बलिउडसँग जोडिएका केही मानिसहरुको घरमा काम गरिसकेको थियो ।’

 

पद्यमाले पुस्तकमा त्यस स्लो पोइजनको कारण लत्ता एकदमै कमजोर भएको उल्लेख गरेकी छिन् । उनले तीन महिनासम्म बेड रेस्ट गरिन् र त्यस समय उनले गाउन सकिनन् । उनको भित्र पीडा रहिरहन्थ्यो । खानामा धेरै ध्यान दिनुपरेको कारण त्यस समय उनी चिसो सुप मात्र पिउने गर्थिन् ।


थप समाचार

अमेरिकी विदेशमन्त्रीद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

  • 6 seconds ago
अमेरिकी विदेशमन्त्रीद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरेका छन् । उनले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विद

‘निसर्ग’ आँधीबाट भारतमा दुई जनाको मृत्यु, तीन जना घाइते

  • 6 minutes ago
‘निसर्ग’ आँधीबाट भारतमा दुई जनाको मृत्यु, तीन जना घाइते

एजेन्सी । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भव

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 17 minutes ago
भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।