मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छः सभामुख महरा

Education Park

काठमाडौँ ।  सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताएका छन् । 

 

सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराएका हुन् । 

 

सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गराउँदै भने, “विधेयकमा सहमति गरी निर्धारित समयमै पारित गर्नका लागि आजै मैले प्रमुख दलका शीर्ष नेतालाई भेटेर आग्रह गरिसकेको छु ।” 

 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा भेटेर सोबारेमा आग्रह गरेको उहाँले जानकारी गराए । 

 

प्रतिनिधिसभामा सरकारले दर्ता गराएका जम्मा २६ विधेयकमध्ये छ विधेयक प्रमाणीकरण भइसकेका छन् । बाँकी २० मध्ये ११ मौलिक हकसम्बन्धी विधेयक छन् ।

 

 मौलिक हकसम्बन्धी विधेयकमध्ये पाँच प्रतिनिधिसभामा छलफलका क्रममा रहेको र छ वटा विधेयक सम्बन्धित संसदीय समितिमा दफावार छलफलका क्रममा रहेको सभामुख महराले स्पष्ट पार्नुभयो ।

 

 मौलिक हकबाहेक अन्य विधेयक भने असोज २ गतेपछि पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । 

 

सो अवसरमा सभामुख महराले भोलि भदौ २२ गतेदेखि हुने आफ्नो चीन भ्रमणका बारेमा समेत जानकारी गराए । 

 

उनी चीनको केन्द्रीय सरकार र ल्हासा सरकारको निमन्त्रणामा चौथो सांस्कृतिक पर्यटन एक्स्पोमा सहभागी हुन, तिब्बतस्थित नेपालको कन्सुलर कार्यालयको पुनःनिर्माण शिल्यान्यास गर्न तथा ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोपरेशन फोरमको छलफलमा सहभागी हुन त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।   


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 3 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 4 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 6 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।