लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

  • बिहीबार, २२ कार्तिक, २०७५
  • 4 months ago
  • नेपाल

भादगाउँ, २२ कात्तिक । मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो ।

 

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए । “सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उनले भने ।

 

आगलागीबाट करीब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए ।करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 3 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 3 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।