यी हुन् लक्ष्मीका ८ रुप, कुन रुपको पुजा गर्दा के फल मिल्छ ?

एजेन्सी । कात्तिक महिनाको कालरात्रीमा लक्ष्मी पुजा मनाइन्छ ।  यस दिन मुख्य गरी धनकी देवी लक्ष्मीको पुजा गरिन्छ । 

 

यो मान्यता रहेका छ कि देवी लक्ष्मीको पुजा गर्नाले घरमा धन सम्पत्ति भित्रिन्छ । धर्मग्रन्थमा देवी लक्ष्मीका अनेक रुपको चर्चा गरिएको छ । यसमध्ये ८ रुपमा मानिसलाई जीवनका हर सुख प्रदान गर्ने विश्वास गरिन्छ । 

 

यी हुन देवी लक्ष्मीका ८ रुप, कसको पुजा गर्दा के फल प्राप्त हुन्छः

 

१. वीर लक्ष्मी 

 

लक्ष्मीको यो रुपको पुजा गर्नाले सबै प्रकारका भयबाट मुक्ति मिल्छ र ऋणहरुबाट छुटाकारा पाइन्छ । लक्ष्मीको यो रुपका भक्तहरुलाई खराब शक्ति र तन्त्रमन्त्रको नराम्रो प्रभाव हुँदैंन् । 

 

२. गज लक्ष्मी 

 

देवी लक्ष्मीको यो रुपमा पुजा गर्नाले मान सम्मान मिल्छ । नोकरीमा प्रमोशन वा राजनीतिमा उच्च पद प्राप्त गर्नका लागि यो रुपको पुजा गर्नु राम्रो मानिन्छ । 

 

३. सन्तान लक्ष्मी

 

माता लक्ष्मीको यो रुपको पुजा गर्नाले सन्तान सुख मिल्छ । सन्तानको लामो आयु र उसको उन्नतिका लागि सन्तान लक्ष्मीको पुजा गर्नु श्रेष्ठ मानिन्छ ।

 

४. धान्य लक्ष्मी 

 

जो ब्यक्ति लक्ष्मी देवीको यो रुपको पुजा गर्छ, उसको घरमा अनाजको कहिल्यै कमी हुँदैंन् । कृषिको काम गर्नेले धान्य लक्ष्मीको पुजा गर्नु राम्रो मानिन्छ । 

 

५. विजय लक्ष्मी 

 

कुनै काममा सफलता प्राप्त गर्नका लागि विजय लक्ष्मीको पुजा गर्दा राम्रो मानिन्छ । अदालतमा मुद्धा जित्नका लागि पनि देवीको यही रुपको पुजालाई श्रेष्ठ मानिन्छ ।

 

६. आदि लक्ष्मी 

 

लक्ष्मी माताको यो रुपको पुजा गर्नाले परिवारमा सुख शान्ति बनिरहन्छ । रोगबाट मुक्ति मिल्छ भने दाम्पत्य जीवन सुखमय बनाउनका लागि पनि लक्ष्मीको यो रुपको पुजा राम्रो मानिन्छ । 

 

७. ऐश्वर्या लक्ष्मी 

 

सबै प्रकारका भौतिक सुख सुविधाका लागि लक्ष्मीको यो रुपको पुजा गरिन्छ । ऐश्वर्या लक्ष्मीको पुजा गर्नाले आकर्षण शक्ति पनि मिल्दछ ।

 

८. धन लक्ष्मी 

 

धन सम्पत्ति चाहनेहरुले धन लक्ष्मीको पुजा गर्दा राम्रो मानिन्छ । लक्ष्मीको यो रुपको पुजा गर्नाले घर सम्पूर्ण रहन्छ र धनको कमी कहिल्यै हुँदैंन् । विजनेशमा पनि सफलता मिल्छ ।

 


थप समाचार

यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

  • 8 hours ago
यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

लण्डन । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार लण्डन आउंदैछन् । यति नेपाली एशोसिएसनले शनिबार लण्डनमा आयोजना गर्ने च्यारिटी कार्यक्रममा प्रमुख अतिथ

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

  • 9 hours ago
हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 13 hours ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।