IIMS College

ISMT

HUB Education

उपाध्यक्षको उम्मेदवार बन्दै युवा संयोजक लालबहादुर (एलबिजेड)

  • सोमबार, २३ आषाढ, २०७६
  • 3 months ago
  • युके
एनआरएन यूकेका युवा संयोजक एवं उपाध्यक्षका प्रत्यासी लालबहादुर ( एलबिजेड) गुरुङ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तस्विर : शंकर श्रेष्ठ

 

लण्डन । एनआरएन यूकेका युवा संयोजक लालबहादुर ( एलबिजेड) गुरुङले आउँदो कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । 

 

आइतबार अल्डरसटमा सञ्चारकर्मीहरुमाझ गुरुङले आफ्नो उपाध्यक्ष पदको उम्मेदवारी सार्वजनिक गरेका हुन् । 

 

आफ्नो उम्मेदवारीको औपचारिक घोषणा र प्रतिबद्धतापत्र छिट्टै एक घोषणासभामार्फत सार्वजनिक गर्ने  उनको योजना छ । 

 

'कुनै ठूला ठूला योजना र महत्वकांक्षाहरु अघि सार्ने  मेरो योजना छैन । कार्यसमितिको अध्यक्षलाई सघाउने र संस्थालाई माथि उठाउने लक्ष्यमा मेरो कोशिस केन्द्रित रहनेछ', गुरुङले भने , 'उपाध्यक्षका रुपमा काम गर्ने मेरो भिजन र मेरा प्राथमिकताहरु कस्ता रहनेछन् भन्नेबारे मैले बेलायतबासी सम्पुर्ण नेपालीहरुमाझ स्पष्ट राख्नेछु ।'

 

आफु बोलीमा भन्दा बढि व्यवहारमा केन्द्रित हुन रुचाउने बताउँदै गुरुङले विगतको अनुभव र सिकाईले  अब  थप उर्जासहित काम गर्ने आत्मविश्वास बढाइदिएको बताएका छन् । 

 

एनआरएनए यूकेको गत निर्वाचनमा अत्याधिक मतसहित युवा संयोजकमा विजयी भएका थिए गुरुङ । उनले आफ्नै संयोजनमा नेपालबाट महानायक राजेश हमाल र चर्चित टेलिभिजनकर्मी दिलभुषण पाठकलाई बेलायत ल्याएर एक बृहत अन्तरसम्वाद कार्यक्रम आयोजना गरेका थिए । 

 

बेलायतको प्रतिष्ठित युसिएल ( युनिभर्सिटी कलेज लण्डन) मा समेत यहाँका नेपाली युवा र विद्यार्थीहरुको सहभागितामा उनले अन्तरक्रिया गराएका थिए । 

 

टिडवर्थ नेपाली कम्युनिटी यूकेका पूर्व अध्यक्ष समेत रहेका गुरुङले बेलायतमा गोर्खा र युवाहरुसंग निकै नजिक रहेर काम गर्दै आएका छन् । एक सफल इभेन्ट आयोजकका रुपमा बेलायतमा थुप्रै नेपाली सांस्कृतिक कार्यक्रम र नेपाली फिल्महरुको प्रदर्शनी उनले आयोजना गर्दै आएका छन् । 

 

उनकै संयोजनमा चर्चित हास्य अभिनेताद्धय महजोडीदेखि लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यसम्मका चर्चित कलाकारले बेलायतमा आएर प्रस्तुति गरिसकेका छन् । 

 

 

 


थप समाचार

क्लासिको नजिकिँदै जाँदा रियलका मोड्रिच र बेल घाइते !

  • 4 minutes ago
क्लासिको नजिकिँदै जाँदा रियलका मोड्रिच र बेल घाइते !

एजेन्सी । सिजनको पहिलो ‘एल क्लासिको’ नजिकिँदै जाँदा रियल मड्रिडका दुई अनुभवी खेलाडी घाइते भएका छन् । आइतबार राति सम्पन्न युरोकप छनोट अन्तर्गत वेल्स र क्रोयशियाविरुद्धको खेलमा लुका मोड्रिच र ग्यारेथ बे

म्यानचेस्टर युनाइटेड कहाँ चुकिरहेको छ ?

  • 10 minutes ago
म्यानचेस्टर युनाइटेड कहाँ चुकिरहेको छ ?

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडीहरु पछिल्लो समय बारम्बार चुक्ने गरेका छन् ।

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

  • 27 minutes ago
‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण ग



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।