पुराना वामपन्थी नेता वामपन्थी नेता कुञ्जवीर लामाको आज अन्त्येष्टि गरिने

बर्दिवास । महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको छ । 

 

जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो । लामा पछिल्ला केही महिनायता दम र मधुमेहले ग्रसित रहँदै आएका थिए । 

 

विसं १९८२ मा बिजलपुरामै जन्मनुभएका लामा जिल्लामा २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो जिल्ला संगठन कमिटी गठन हुँदा सदस्य थिए । त्यसबेला एउटै कम्युनिष्ट पार्टी रहेका बेला जिल्लामा गठन भएको पहिलो संगठन कमिटीको सदस्य रहेकाले यहाँको हकमा लामा संस्थापक रहनुभएको जिल्लाकै बर्दिवास–१ का बासिन्दा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजु खड्काले बताए । 

 

जिल्लामा नेकपाका संस्थापक रहनुभएका लामा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सञ्चालन गर्न सात वामपन्थी पार्टीले बनाएका संयुक्त वाम मोर्चाका जिल्ला अध्यक्ष थिए । 

 

विसं २०१९ मा कम्युनिष्ट पार्टी विभाजित भएयता विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा (संयुक्त)मा आबद्ध रहँदै आएका लामा करीब एक वर्षअघि सो पार्टी तत्कालीन नेकपा (माओवादी केन्द्र)मा एकीकरण भएपछि सो पार्टी हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध थिए । 

 

लामाको निधनमा जिल्लाका सबैजसो राजनीतिक पार्टीले शोक वक्तव्य जारी गरेका छन् । स्व. लामाको आज बिहान ९ बजे बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने छोरा धनराज लामाले जानकारी दिए । 

 

स्व. लामाका दुई पत्नीबाट चार छोरा र चार छोरीका साथै नातिनातिनी र पनातिपनातिनी गरी ३० भन्दा बढी रहेका छन् । लामाका दुवै पत्नीको भने यसअघि नै निधन भइसकेको छ । 


थप समाचार

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 1 hour ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

  • 1 hour ago
आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका

बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

  • 2 hours ago
बेलायतबासी सर्जक कुमार केसीको शब्दमा प्रमोद खरेलले गाए मर्मस्पर्शी गीत (भिडियो)

बेलायतमा बस्दै आएका सर्जक कुमार केसीको शब्दमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत सार्वजनिक भएको छ । ‘सपनीमा देखें आमा’ बोलको उक्त गीत म्युजिक नेपालले हालै युट्युब मार्फत सार्वजनिक



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।