ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

फाइल फाेटाे

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ । 

 

आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ भने आजै सरस्वति क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा तेस्रो खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । 

 

लिग चरणको दोस्रो खेलमा उत्रिँदै गर्दा सङ्कटा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । जावलाखेल भने पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीमा उमेर समूहका खेलाडीको बाहुल्यता छ । 

 

पहिलो खेलमा सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेल भने विभागीय टोली पुलिससँग १–० ले पराजित भएको थियो । 

 

आजै दोस्रो खेलमा फ्रेन्डस क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । फ्रेन्डसले पहिलो खेलमा थ्री स्टारसँग २–१ को पराजय बेहोरेको थियो । एपिएफ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । 

 

आजै एपिएफ मैदानमा हिमालयन शेर्पा र सरस्वती युवा क्लबले खेल्नेछन् । पहिलो खेलमा हिमालयन शेर्पाले एपिएफसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । सरस्वती भने सङ्कटासँग पराजित भएको थियो । 


थप समाचार

पोखरामा पर्यटन प्रबर्द्धन गर्न म्याराथन, बेलायतका नेपालीले दिंदै साथ

  • 7 minutes ago
पोखरामा पर्यटन प्रबर्द्धन गर्न म्याराथन, बेलायतका नेपालीले दिंदै साथ

'दौडौं स्वास्थ्यका लागि, दौडौं पोखराका लागि' भन्ने नारासहित आउंदो फाल्गुन ७ गते आयोजना हुने '१३ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन' को सहयोगार्थ डिसेम्बर १४ को सांझ अल्डरसटको एम्पायर ब्यांकेटिंग हलमा ए

बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

  • 1 hour ago
बेलायती प्रधानमन्त्रीले जितिन् पार्टीमा विश्वासको मत

लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीमा प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत सुरक्षित गरेकी छन् । भर्खरै सार्वजनिक नतिजाअनुसार कञ्जरभेटिभ पार्टीका कुल ३ सय १७ सांसदमध्ये २ सय जना सांसदको मत प्

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 9 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।