‘ए’ डिभिजन लिग : थ्रीस्टार शीर्ष स्थानमा

फाइल फाेटाे

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । 

 

दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालिकाको शीर्ष तीन स्थानमा रहेका छन् । तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ । 

 

त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालीकाको क्रमशः चौथो, पाँचाैँ, छैँटौँ र सातौँ स्थानमा छन् । 

 

दुवै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालीकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालिकाको क्रमशः नवौँ र १०औँ स्थानमा छ । 

 

फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेडब्वाइज दुवै खेल गुमाउँदै अङ्कविहीन अवस्थामा छन् । उनीहरु तालीकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । 

 

दोस्रो चरणका खेल सकिएसँगै दुई दिनका लागि लिग स्थागित गरिएको छ । लिगको तेस्रो चरणका खेल बुधबारदेखि शुरु हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । 

 

मङ्सिर ६, ७ र ८ गते तेस्रो चरणका खेल हुनेछन् भने पुनः दुई दिनको विश्रामपछि १० गतेदेखि चौथो चरणका खेल हुनेछन् । 

 

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेडब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । 

 

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु. ५० लाख, उपविजेताले रु. ३५ लाख, तेस्रोले रु. २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले रु. १५ लाख, पाँचौँ टोलीले रु. सात लाख र छैटौँले रु. पाँच लाख पाउनेछन् । 

 

फेयर प्ले टिमले रु एक लाख पाउने छ । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ द म्याच खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ ।

 

लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने निर्देशक मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो ।

 


थप समाचार

कर्णाली प्रदेशमा थप ५४ जनामा कारोनाको संक्रमण पुष्टि

  • 1 minute ago
कर्णाली प्रदेशमा थप ५४ जनामा कारोनाको संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेट

विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदमः पम्फा भुसाल

  • 8 minutes ago
विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदमः पम्फा भुसाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले विद्युतीय गाडीमा भन्सार लगाइएको भन्दै विरोध गरेकी छिन् । आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले विद्युतीय गाडीमा भन्स

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

  • 31 minutes ago
प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका– ४ कमेरोटारको खुला ठाउँमा दुई सडक मानव सानुकान्छा तामाङ र मुग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।