मछिन्द्र र च्यासलबीच खेल हुँदै

सांकेतिक तस्वीर

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ । 

 

यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो । 

 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज दिउँसो ३ बजे मछिन्द्र र च्यासलबीच खेल हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । 

 

एन्फाले असोज २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सम्पन्न गर्ने तथा त्यसपछि दशैँ, तिहार र छठ अवधिभर लिग स्थगित गर्ने जनाएको छ । 

 

असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

 

असोज २६ गते एन्फा मैदानमै हिमालयन शेर्पा क्लब र एपिएफबीच तथा अर्को खेल ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीबीच हुनेछ । 

 

उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने अर्को खेलमा सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लब विजयी भएको थियो । 

 

लिगका खेल तेह्र चरणसम्म खेलाइनेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । 

 

लिगको विजेताले रु. ५० लाख, उपविजेताले रु. ३५ लाख, तेस्रोले रु. २५ लाख, चौथोले रु. १५ लाख, पाँचौंले रु. सात लाख र छैटौँले रु. पाँच लाख पुरस्कार पाउनेछ । 

 

फेयर प्ले टिमले रु. एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु. ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रु. १० हजार पुरस्कार प्रदान गरिनेछ ।


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 26 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 28 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 38 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।