लेबनानबाट दुईसय सिरियाली शरणार्थी फर्के

बेरुत । लेबनानको सिबाआ क्षेत्रबाट मङ्गलबार करिब दुईसय सिरियाली शरणार्थी आफ्नो गृहभूमि फर्केका छन । उनीहरु मस्नाआ सीमा इलाकालाई पार गर्दै आफ्नो गृहभूमि फर्केको स्थानीय समाचार समिति एनएनएले जानकारी दिएको छ । 

 

लेबनानमा रहेका ती सिरियाली शरणार्थीहरु शिबाआको एउटा सार्वजनिक विद्यालयमा जम्मा भएका थिए । कडा सुरक्षा बीचमा उनीहरुलाई बसहरुमा आफ्नो गृहभूमि फर्काइएको एनएनएले जानकारी दिएको छ । 

 

करिब दश लाख सिरियाली शरणार्थी लेबनानमा रहेका संयुक्त राष्ट्रसंघीय उच्चायोगमा दर्ता भएको मानव अधिकारसम्बन्धी एक एनजिओले बातएको छ । तर लेबनानी सरकारी तथ्याङ्कले भने १५ लाख सिरियाली शरणार्थीहरु रहेका छन् । 

 

पाँचवर्ष भन्दा बढी समयदेखि लेबनानमा रहेका सिरिया शरणार्थीका कारण देशमा आर्थिक र सामाजिक बोझ थपिएको छ । त्यसकारण लेबनान सरकारले सिरियाली शरणार्थी कडा सुरक्षाबीच गृहभूमि फर्काउन प्रोत्साहान गर्दै आएको छ । 


थप समाचार

अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

  • 2 minutes ago
अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो

शान्ति नेपाली समाजमा थापाको नेतृत्वमा नयां कार्यसमिति

  • 5 minutes ago
शान्ति नेपाली समाजमा थापाको नेतृत्वमा नयां कार्यसमिति

लण्डन । शान्ति नेपाली समाज बेलायतले लिलबहादुर थापाको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । बर्मिङ्गहम क्षेत्रमा बस्ने नेपालीहरुको यो संस्थाको सोमबार सम्पन्न अधिवेसनले थापा नेतृत्वको कार्यसमिति सर्व

वडा अध्यक्ष भण्डारी भरतपुर महानगरपालिकाकाे प्रवक्ता नियुक्त

  • 11 minutes ago
वडा अध्यक्ष भण्डारी भरतपुर महानगरपालिकाकाे प्रवक्ता नियुक्त

चितवन । भरतपुर महानगरपालिकाको १९ औं बैठकले महानगरपालिकाको प्रवक्तामा अरुण पीडित भण्डरीलाई नियुक्त गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।