Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘टाइगर ३’ ले पहिलो दिनमा नै बक्स अफिसमा धमाकेदार कमाई गर्ने अनुमान

‘टाइगर ३’ ले पहिलो दिनमा नै बक्स अफिसमा धमाकेदार कमाई गर्ने अनुमान


एजेन्सी । ‘टाइगर ३’ यस वर्षको बहुप्रतिक्षित चलचित्रमध्ये एक हो । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्म भोलि दिपावलीमा रिलिजको लागि तयार छ ।

निर्मातादेखि समीक्षकसम्म यो फिल्मको ओपनिङ दीपावलीको पटाकाजस्तै धमाकेदार हुने विश्वास छ ।

अग्रिम बुकिङको कुरा गर्दा टाइगर ३ को हालसम्म ३ लाख ६३ हजार टिकट बिक्री भइसकेको बताइएको छ ।

रिपोर्टका अनुसार आइतबार सलमानको फिल्मले दर्शकको धेरै माया पाउनेछ ।

फिल्म समीक्षकको विश्वास गर्ने हो भने सलमान खान र कट्रिना कैफको टाइगर ३ ले पहिलो दिन ३० देखि ४० करोडको व्यापार गर्नेछ ।

तर, यी तथ्याङ्कलाई हेर्दा टाइगर ३ ले पहिलो दिन पठान र जवानको कीर्तिमान तोड्न सक्नेछैन भन्नु गलत हुनेछैन । यसबाहेक आइतबारपछि सोमबार सलमानको फिल्मका लागि अझ राम्रो साबित हुने बताइएको छ ।

तीन दिनभित्रै टाइगर ३ ले ६० करोडको आँकडा सजिलै पार गर्नेछ ।

यसबाहेक फिल्मको एक हप्ताको आँकडा पनि अनुमान गरिएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने, सलमानको फिल्मले ८ दिनभित्र भारतमा ३५० करोड कमाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT