गोर्खाको सेवामा समर्पित लिलादेवी

  • आइतबार, १३ जेष्ठ, २०७५
  • 5 months ago
  • युके

 

लण्डन । लिलादेवी गुरुङ पछिल्लो समय बेलायतका नेपालीहरुमाझ नौलो नाम होइन । एनआरएन यूकेको महिला संयोजकका रुपमा धेरैमाझ चिनिएकी उनी ग्रिनविच क्षेत्रमा बस्ने भूपू गोर्खाहरुको संगठन ग्रिनविच गोर्खा एक्स सर्भिसमेन् एशोसिएसन जिगेसाकी अध्यक्ष हुन् । 

 

लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आएकी गुरुङ तमु धि यूके, रोयल ग्रिनविच नेप्लिज सोसाइटी,अनेसास यूके लगायतका कैयौं संघसंस्थामा सल्लाहकारको भुमिकामा छन् । 

श्रीमान बेलायती सेनामा कार्यरत रहंदा हंककंग र ब्रुनाइमा लामो समय बिताएकी गुरुङ बेलायतमा बस्न थालेको पनि झण्डै १५ वर्ष भइसक्यो । 

 

बेलायत आइसकेपछि विभिन्न ठाउंहरुमा काम गरेपनि उनी झण्डै १० वर्ष यतादेखि भने स्थानीय भूपू गोर्खाहरुकै सेवामा खटिदै आएकी छन् । 

 

भूपू गोर्खा र उनका परिवारलाई अंग्रेजी भाषा पढाउने, कम्प्युटर सिकाउने गर्दागर्दै गोर्खाहरुसंग नजिक भएकी उनले सन् २०१६ मा जिगेसाको सहसचिव तथा सन् २०१७ देखि अध्यक्ष भएर काम गर्दै आएकी छन् । 

 

जिगेसाको अध्यक्ष बनेपछि लिालदेवीले स्थानीय गोर्खाहरुको सहयोगका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दैै आएकी छन् । 

संस्थामा अहिले झण्डै ७ सय सदस्य छन् । संस्थाका कुनै सदस्यको मृत्यु भएको समय उसको परिवारलाई नगद सहयोग गर्ने कार्य गुरुङको नेतृत्वमा सुरु भएको छ । 

 

हरेक साता समाजका सदस्यहरुलाई जम्मा गरेर उनी आफैले नै अंग्रेजी भाषा सिकाउंदै आएकी छन् । त्यस्तै, भाषा नजानेर अस्पताल, जिपी, काउन्सिल लगायतका ठाउंमा जान नसक्ने बृद्ध गोर्खाहरुको लागि उनले संस्थाको तर्फबाट स्वयमसेवकहरु खटाएकी छन् । भ्याएसम्म उनी आफैले पनि सहयोगको आवश्यकता पर्नेहरुका लागि खटिने गरेकी छन् । 

 

भूपू गोर्खा तथा तीनका परिवारका बृद्धबृद्धाहरुमध्ये धेरैलाई बेलायतमा निकै अफ्ठेरो छ । नयां ठाउं, भाषा पनि बुझ्दैनन्, लिलादेवी सुनाउंछिन्, बुढेसकालमा सहारा कोहि हुंदैन । उनीहरुलाई समस्यामा देखेपछि आफै गएर सकेको सहयोग गरौं जस्तो लाग्छ । 

 

भूपू गोर्खाहरुको अधिकार प्राप्तिको आन्दोलनमा पनि गुरुङले जिगेसालाई अघि बढाएकी छन् । गोर्खाकै बुद्धाहरुबोकेर उनी कैयौंपटक बेलायती सांसदहरुदेखि लण्डनस्थित नेपाली राजदूतसम्मका सरोकारवाला निकायसम्म पुगिसकेकी छन् । 

 

त्यसो त आफ्नो संस्थाका सदस्यहरुलाई बेलायती समुदायसंग समायोजन गराउने पहल पनि उनले गर्दै आएकी छन् । बेलायती समुदायमा आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिन उनले आफ्ना सदस्यरुलाई पनि प्रोत्साहन गर्ने गर्छिन् । 

 

गोर्खाहरुको सेवामा दिनरात नभनेर खटिएकी गुरुङलाई आफ्नो कामबाट निकै खुशी मिलेको छ । सबैका दुख हटाउन त सकिन्न । तर मैले मेरो तर्फबाट गर्न सक्ने जति गरेकी छु भनेर चित्त बुझाउंछु । समाजमा मान, सम्मान र खादा, माला भन्दा पनि समाजको सेवामा नै मनलाई बढि आनन्द मिल्दो रहेछ , उनले भनिन् ।


थप समाचार

यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

  • 8 hours ago
यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

लण्डन । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार लण्डन आउंदैछन् । यति नेपाली एशोसिएसनले शनिबार लण्डनमा आयोजना गर्ने च्यारिटी कार्यक्रममा प्रमुख अतिथ

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

  • 9 hours ago
हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 12 hours ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।