श्रीजनशील लेस्टर नेपाल यूकेमा चुनियो नयां नेतृत्व

  • मंगलबार, ८ साउन, २०७५
  • 6 months ago
  • युके

लण्डन । बेलायतको लेस्टर क्षेत्रमा बस्ने नेपालीहरुको संस्था श्रीजनशील लेस्टर नेपाल यूकेमा नयां कार्यसमिति चयन भएको छ ।

 

गतसाता सम्पन्न संस्थाको अधिवेसनले बलराम चापागाईंको अध्यक्षतामा निर्विरोध नयां कार्यसमिति चयन गरेको हो । 

 

समितिको उपाध्यक्षमा शिव गौतम, महासचिवमा पुण्डरी अर्याल, सचिवमा टिकाराम गौतम र कोषाध्यक्षमा मधुसुदन आचार्य चुनिएका छन् । सदस्यहरूमा राम बञ्जाडे, मञ्जिल पौडेल, कृष्ण थापा, ऋषी  भण्डारी, भोजराज भट्टराई, श्याम ढकाल, रुपमा निउरे, वासना भण्डारी, पुस्कर सिलवाल र गुणराज घिमिरे छन् । 

 

निर्वाचन समितिका संयोजक डा मिलन ज्ञवालीले संस्थाको छैठौं कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । यसअघि समाजका निवर्तमान अध्यक्ष प्रेम आले मगरले प्रस्तुत गरेको संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो । 

 

नयां कार्यसमिति घोषणा भएपछि नवनिर्वाचित अध्यक्ष बलराम चापागाईंको अध्यक्षतामा संक्षिप्त औपचारिक कार्यक्रम गरिएको थियो ।

 

त्यसअवसरमा एनआरएन यूकेका सचिव तारानाथ भण्डारी, संस्थाका संस्थापक अध्यक्ष राजु कंडेल,  पूर्व अध्यक्षद्धय दयानिधी सापकोटा र पशुपति पोखरेल, निवर्तमान अध्यक्ष प्रेम आले मगर र संस्थाका सल्लाहकार नारायण फुयालले  नयां कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन महासचिव पुण्डरी अर्यालले गरेका थिए । 

 


थप समाचार

नेपाल थाइल्याण्डसँग पराजित

  • 18 minutes ago
नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको

घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

  • 25 minutes ago
घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

काठमाडौँ । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले माफी मागेका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्ट्सविरुद्ध आफ्ना खेलाडी जोसे गिमिनेजले गोल गरेपछि सिमियोनले दुई हा

नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

  • 36 minutes ago
नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

काठमाडौँ । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।