IIMS College

ISMT

HUB Education

यस्ता छन् कागती पानीका अचुक फाइदाहरु...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । 

 

कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् ।  

 

मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा। मार्क मोयाड भन्छन्, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।  

 

– भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

 

– कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । 

 

– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ । 

 

– कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । 

 

– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । 

 

– कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ । 

 

– हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । 

 

– पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । 

 

– बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । 

 

– कागती पानीले पाचनमा सहयोग पुग्छ । 

 

– कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । 

 

– कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । 

 

– रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । 


थप समाचार

'हो म बार्सिलोनामा आत्तिसके'

  • 3 minutes ago
'हो म बार्सिलोनामा आत्तिसके'

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।

‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

  • 27 minutes ago
‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

एजेन्सी । बोलिभियाको राजनीतिले एकाएक नयाँ मोड लिएको छ । चुनावमा निर्वाचित भएका एभो मोरालेसले राष्ट्रपतिले राजीनामा दिएपछि विपक्षी

अंकलसँग बिहे !

  • 34 minutes ago
अंकलसँग बिहे !

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

वर्षको ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

वर्षको  ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

एजेन्सी । सुन्दै आश्चर्य लाग्ने । एकजना यस्ता व्यक्ति छन् जो एक वर्षमा ७ पटक मात्र खानेकुरा खान्छन् । ती श्रीलंकन युवक हुन् । उनको नाम किरबी डे लनेरो हो ।