कागती खेती फस्टाउँदै

  • सोमबार, ४ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

भद्रपुर ।  पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् ।  छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । 

 

अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। 

 

छ वर्षअघि रेग्मीले दक्षिण भारतबाट प्रतिगोटा रु ५० देखि रु १५० सम्ममा यूरेका, मद्रासी र गुजराती जातका कागतीका बिरुवा ल्याएर कागती खेती शुरु गरेका हुन् । उनले डेढ विघामा कागती खेती गरेका छन् । कागतीको दाना बिक्री गरेर उनले मनग्य आम्दानी गर्दै आएका छन । वर्षमा कागतीले तीन पटकसम्म फल दिन्छ । 

 

“कागती खेतीबाट सोचेको भन्दा बढी आम्दानी भयो,” रेग्मीले भने, “बजारको समस्या छैन, व्यापारी घरमै आएर कागती लैजान्छन् ।” उनले खेती विस्तार गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिका–१ बुधबारेमा सात बिघा जग्गा भाडामा लिएका छन् । उक्त जग्गामा रेग्मीले कागतीको बिरुवा उत्पादन गर्न थालेका छन् । 

 

मेचीनगर–९ का डिल्लीप्रसाद उप्रेतीले दुई बिघामा कागती खेती गरेका छन् । उनले १२ कट्ठाबाट शुरु गरेको कागती खेती दुई बिघामा विस्तार गरेका छन् । नर्सरीसहित कागती खेतीबाट वार्षिक रु २४ लाखसम्म आम्दानी गरेको उनले बताए । 

 

नर्सरीमा हाल एनसीआरपी–५५, सुन–१, चाइनिज र यूरिका जातका कागतीका बिरुवा छन् । जिल्लामा ४० भन्दा बढी किसानले व्यावसायिक रूपमा कागती खेती गर्दै आएका बताइएको छ । उप्रेतीले प्रतिगोटा रु १०० मा बिरुवा बिक्री गर्दै आएका छन् । 

 

काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई आर्थिक वर्ष २०७४÷७५ मा कागतीको बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ । 

 


थप समाचार

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

  • 24 seconds ago
ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

सुन र चाँदीको मूल्य स्थिर

  • 33 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 41 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।