किन प्रयोग गर्न हानिकारक छ कागती ? ६ अवगुण
- सोमबार, १८ भदौ, २०७५
- 5 months ago
- जीवनशैली/स्वास्थ्य

एजेन्सी । भोजनमा कागतीको उपस्थिती निकै मन पराइन्छ र निकै स्वास्थ्यवर्दक पनि मानिन्छ । एण्टी क्यालोरी फुडका रुपमा चिनिने यो फलले तपाईं हाम्रो शारिरिक चुस्तता कायम राख्न निकै महत्वपूर्ण भूमिका खेल्छ ।
तर हरेक कुराको सकरात्मकका साथै नकरात्मक पक्ष पनि हुन्छ भनेझैं कागतिका पनि केही अवगुण छन् ।
स्वास्थ्यका लागि निकै लाभदायक मानिने कागतीको उपभोग गर्न नजान्दा यसले रोग पनि निम्त्याउन सक्छ ।
त्यसोभए कसरी प्रयोग गर्ने त ?
कागती बढी खाने मानिसको दाँतमा असर पुग्छ । कागतिमा हुने एसिडले दाँतको इनामेलमा हानी पुर्याउँछ जसका कारण दाँतको सेन्सिटिभिटी बढ्ने जस्तो समस्या देखिन सक्छ ।
त्यसैले कागती पानी पिउँदा दाँतमा नलगाई वा स्ट्रको सहयोगमा पिउनुहोस् । यदि दाँतमा अन्य समस्या छन् भनेपनि चिकित्सकको सल्लाह अनुसार मात्र कागती पानी पिउनुहोस् ।
एसिडिटी, रिफ्लक्स, हार्ट बर्न लगायतका बिरामीले कागती पानी पिउनु हुँदैन ।
कागति पानीले बारम्बार पिसाव लाग्ने हुन्छ । यसकारण शरिरबाट पानिको मात्रा बाहिरिन्छ र यसबाट डिहाइड्रेसन हुनसक्छ ।
बढी कागती पानी पेटका लागि त्यति उपयुक्त मानिंदैन । यसले एसिडिटीका साथै अन्य भागमा पनि क्षती पुर्याउँछ भने पाचन प्रणलीमा पनि समस्या देखिनसक्छ ।
कागतीमा हुने अक्सलेट्स भन्ने तत्व शरिरमा क्रिष्टलको रुपमा जम्न सक्छ । यसले मृगौला र कलेजोलाई नकरात्मक असर पुर्याउनसक्छ ।
कागती निकै तातो या निकै चिसो पानिसँग पिउनु उपयुक्त मानिँदैन । त्यसैले कागतीको सेवन मनतातो, वातावरणीय तामक्रमको पानीसँग पिउँदा उपयुक्त मानिन्छ ।
थप समाचार
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्
- 4 hours ago

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि
विषादी मदिरा बनाउने भट्टीमा छापा
- 5 hours ago

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।
प्रदेशसभा बैठक
- 5 hours ago

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।