IIMS College

ISMT

HUB Education

अदालतभित्र चितुवा पसेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अहमेदावाद । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । 

 

“चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो, गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताए । 

 

कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि खदालतका कर्मचारी तथा वरपरका मानिसहरू त्रसित एवम् उत्साहित हुँदै चितुवा रहेको भवनलाई घेरेर हेरिरहेकाले चितुवा कोठामा लुकेर बसेको अवस्थामा करिव साढे तीन घण्टापछि दराजमुनि लुकेर बसेको भेटियो । करिब दुईदेखि तीन बर्षको अनुमान गरिएको चितुवालाई विस्तारै वातावरणलाई शान्त पार्दै कोठाबाट बाहिर निकालियो र जङ्गलतिर पठाइयो । 

 

भारतीय वातावरण मन्त्रालयले यसै बर्षको अगष्ट महिनामा सार्वजनिक एक प्रतिवेदनमा भरतमा सन् २०१४ को अप्रिलदेखि सन् २०१७ को मे महिनासम्म जङ्गली जनावरले एक हजार ११४ व्यक्तिलाई आक्रमण गरी मारेको वा खाएको जनाएको छ । यो सङ्ख्या हेर्दा जङ्ली जनावरले भारतमा दैनिक एक जनालाई मार्ने गरेको देखिन्छ । 

 

भारतमा १२ हजार देखि १४ हजार चितुवा रहेको तथ्याङ्क छ । मानव वस्तीले जङ्गली क्षेत्रमा अतिक्रमण भएपछि उनीहरू वस्तीमा आहाराको खोजीमा पुग्ने गरेको र त्रसित गाउँलेले औसतमा एक चितुवा मार्ने गरेको तथ्याङ्क छ । 

 

विज्ञहरूका अनुसार यस्ता खालका घटना पछिल्ला दिनहरूमा बढेका र यसको कारण शहरीकरणका कारण जङ्गली जनावरको वासस्थान खुम्चिुनु रहेको छ । 


थप समाचार

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

  • 24 seconds ago
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चु

मुटुरोगबाट बच्न बदाम !

  • 4 minutes ago
मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

एक लाख पाउण्डमा ‘ओभल इन्भेन्सीबल्स’को टिममा अनुबन्ध भए सन्दीप

  • 11 minutes ago
एक लाख पाउण्डमा ‘ओभल इन्भेन्सीबल्स’को टिममा अनुबन्ध भए सन्दीप

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेलाई ओभल इन्भेन्सीबल्सको टिमले खरिद गरेको छ । सन्दीपलाई बेलायत र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि एक लाख पाउण्डमा खरिद भएका हुन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।