मेसी, स्वारेज लगायतको खेलाडीलाई आराम दिँदा बार्सिलोना लेभान्टेसँग पराजित

  • शुक्रबार, २७ पुष, २०७५
  • 5 months ago
  • खेल
Education Park

काठमाडौं । बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ को पहिलो खेलमा पराजय व्यहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग २–१ गोलले पराजित भएको हो । 

 

खेलमा बार्सिलोनाका ५ मुख्य खेलाडीहरुलाई आराम दिइएको थियो । आरामा पाउने खेलाडीहरुमा लियोनल मेसी, लुइस स्वारेज, जेरार्ड पिके, इभान राकेटिच र जोर्डी अल्बा रहेका थिए ।

 

लेभान्टेको घरेलु मैदान क्विटाट डी भ्यालेन्सियामा सम्पन्न कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले चौथो मिनेटमा नै गोल खाएको थियो । उक्त गोल इरिक काबाकोले उक्त गोल गरेका हुन् । त्यस्तै, १८ औं मिनेटमा बोर्जा मोरोयलले पनि गोल गरेपछि बार्सिलोनालाई पहिलो २० मिनेटभित्र नमिठ्ठो झट्का लाग्यो ।

 

मेसी, स्वारेज, पिके लगायत स्टार खेलाडीहरुलाई टोलीमा नै समाबेश नगरी बार्सा बीका खेलाडीहरुलाई समाबेश गरिएर अर्नेष्टो भालभर्देले बनाएको टिमले खेलभरी कयौं पटक गोलको लागि प्रयास गरे तर, सफल भएनन् । 

 

तर, खेलको ८५ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीलाई फिलिपे कोउटिन्होले गोलमा परिणत गरे । खेलको बाँकी समयमा पनि गोलको लागि बार्सिलोनाले गोलको लागि प्रयास गरे पनि गोल भने हुन सकेन । 

 

अब जनावरी १८ मा बार्सिलोनाको घरेलु मैदानमा दोस्रो लेग हुनेछ । उक्त लिगमा बार्सिलोनालाई जितको आवश्यकता हुनेछ ।


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 8 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 9 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 11 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।