लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

Education Park

त्रिपोली । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन् । 

 

प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ को अन्त्यसम्ममा संसदीय तथा राष्ट्रपतीय निर्वाचन गर्न सरकारका तर्फबाट प्रस्ताव ल्याएका हुन् । 

 

सेराजले टेलिभिजन सम्बोधनमार्फत भने, “मेरो राष्ट्रिय जिम्मेवारीको आधार तथा हामी (सरकार) माथिको आक्रमणका वावजुद मैले आज राजनीतिक पहलकदमी लिँदै वर्तमान् सङ्कट समाधानका लागि निर्वाचनको घोषणा गरेको छु र यसमा लिवियाली जनताले समर्थन जनाउन आग्रह गर्दछु ।”

 

उनले निर्वाचनका लागि आफूले संयुक्त राष्ट्रसंघीय नियोगको समन्वयमा लिवियामा राष्ट्रिय सम्मेलन गर्ने र सम्पूर्ण राष्ट्रिय शक्तिलाई भेला गरी देशका सम्पूर्ण भागबाट जनताको प्रतिनिधित्व गराउने प्रस्ताव पनि उनले गरेका छन् । 

 

प्रधानमन्त्रीका अनुसार देशमा आगामी अवस्थाका लागि एउटा रोड म्याप बनाई निर्वाचन सम्पन्न गर्नका लागि संवैधानिक आधार निर्माण गरी सम्मेलनबाट निर्वाचनका लागि सहमति जुटाइने छ । 

   

“सम्मेलनबाट निस्कने नतिजामा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउनका लागि विशेष सम्मेलनको आह्वानसमेत गरिनेछ,”सेराजले भने । 

 

तर सैनिक नेता खालिफा हफ्तरको नेतृत्वमा रहेको सेनाले गत अप्रिलदेखि सेराज सरकारको नियन्त्रणमा रहेको त्रिपोलीलाई आफ्नो नियन्त्रणमा लिन अभियान शुरू गरेको छ । 

 

विश्व स्वास्थ्य संगठनका अनुसार यस बर्ष लिवियामा भएका झडपमा कुल ६५३ जना मारिएका छन् भने तीन हजार ५४७ जना घाइते भएका छन् ।

 

सेनाले पूर्व शासक कद्दाफीका समर्थक लगायतका समूहको नेतृत्व रहेको पूर्वी क्षेत्रमा रहेको सरकारलाई सहयोग गर्दै आएको छ । 

 


थप समाचार

एक यस्ती अभिनेत्री जसलाई पहिचान गर्नै कठिन

  • 6 minutes ago
एक यस्ती अभिनेत्री जसलाई पहिचान गर्नै कठिन

बलिउड फिल्म ‘आशिकी’ बाट रातारात स्टार बनेकी अभिनेत्री अनु अग्रवाल धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी छिन् । फिल्म छोडेपछि उनले धेरै खराब दिनहरुको सामना गर्नुपर्यो ।

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

  • 7 minutes ago
व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज । जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ ।

आज सुन र चाँदीको भाउ बढ्यो

  • 20 minutes ago
आज सुन र चाँदीको भाउ बढ्यो

काठमाडौँ । आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई÷हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई÷हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।