IIMS College

ISMT

HUB Education

लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी ।  जर्मनीको बर्लिनमा आइतबार शुरु भएको लिबिया सम्मेलनका सहभागीहरु लिबियामा जारी द्वन्द्वको अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् । 

 

उक्त सम्मेलनका सहभागीहरुबीच द्वन्द्व समाधान गर्न विषयमा छलफल भएको जर्मन चान्सलर एञ्जेला मर्केलले जानकारी दिइन् । उनले भनिन्– हामी यस सम्मेलनमा हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने एक गम्भीर विषयमा सहमति जनाएका छौँ । 

 

उनले बर्लिन सम्मेलनले अघि सारेको यस सहमतिले आगामी दिनमा लिबियामा शान्ति स्थापनाका लागि सहयोग पु¥याउने धारणा उक्त सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा राखिन् ।  

 

यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि जारी प्रयासहरुमा एक ठूलो योगदान पु¥याउने धारणा पनि जर्मन चान्सलर मर्केलले राखेकी छन् । 

 

आइतबार बर्लिलनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरू लगायत विश्वका नेताहरू सहभागी भएका छन् । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो । 

 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी छन् ।           

 

लिबियामा जारी द्वन्द्व अन्त्यका लागि आवश्यक सहयोग जुटाउने विषयमा पनि छलफल भएको थियो । हाल लिबियाका प्रधानमन्त्री फायज अल–साराजलाई राष्ट्रसंघले मान्यता दिएको छ ।

उक्त सम्मेलनमा सहभागिता जनाउन लिबियाली प्रधानमन्त्री साराज र त्यहाँका विद्रोही नेता हफ्तार पनि बर्लिन पुग्नुभएको समाचारमा जनाइएको थियो । 

 

सो पत्रकार सम्मेलनमा मर्केलले भनिन्– यो सम्मेलनबाट हामी निकै खुशी भएका छौँ र मलाई लाग्छ अब आगामी दिनमा यहाँ शान्ति स्थापना गरी सबै पक्ष मिलेर अघि बढ्ने बाटो खुलेको छ । 

 

उनले लिबियामा शान्ति प्रक्रियाका लागि यो पहिलो पाइला भएको पनि बताइन् । यही हतियारको प्रयोग निषेधित भएको समयको सदुपयोग गरेर आगामी दिनमा अघि बढ्नुपर्ने उनले बताइन् ।

उक्त सम्मेलनपछि ५५ बुँदे सहमति पत्र पनि जारी गरिएको छ । सम्मेलनका सबै सहभागीहरुले ती ५५ बुँदामा सहमति जनाएका छन् । 

 

उक्त सहमतिअनुसार हतियारको प्रयोग निषेध गरिएको अवस्थाको निरीक्षणका लागि पनि एक समूह गठन गरिने छ र त्यसका आधारमा त्यहाँ हतियारको दुरुपयोग भए नभएको बारेमा निरीक्षण गरिने छ । 

 

यस सहमतिको संयुक्त राष्ट्रसंघले पनि सहमति जनाएको छ । संयुक्त राष्ट्रसंघ महासचिव गुटेर्रेसले यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्याउने धारणा राखेका छन् । 


थप समाचार

अष्ट्रेलियाको क्यानबेरामा दुई व्यक्तिमाथि जानीजानी कोरोना भाइरस फैलाएको खुलासा

  • 2 seconds ago
अष्ट्रेलियाको क्यानबेरामा दुई व्यक्तिमाथि जानीजानी कोरोना भाइरस फैलाएको खुलासा

सिड्नी । अष्ट्रेलिया सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले क्यानबेरामा दुई व्यक्तिमाथि जानीजानी कोरोना भाइरस फैलाएको खुलासा गरेका छन् । उनले क्यानबेरामा भएको पत्रकार सम्मेलनमा नै उक्त कुराको खुलासा गर

तातोपानी नाका खुल्यो

  • 24 minutes ago
तातोपानी नाका खुल्यो

काठमाडौँ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुलेको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

  • 35 minutes ago
यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुन् । उनले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् । हाल उनी लण्डनको ह्यारोमा बसोबास गर्दै र्आकी छिन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।