IIMS College

ISMT

HUB Education

लिबियाको समस्या समाधानबारे इजिप्ट र जर्मनीबीच छलफल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । लिबियामा जारी संकटको समाधानका लागि इजिप्ट र जर्मनीबीच छलफल भएको  जनाइएको छ । 

 

शुक्रबार जर्मनीका चान्स्लर एन्जेला मार्केल र इजिप्टका राष्ट्रपति अब्देल फताह शिशिबीच फोन वार्ता भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

शुक्रबार जर्मन चान्स्लर मार्केलले इजिप्टका राष्ट्रपति शिशिलाई टेलिफोन गर्नुभएको उक्त कार्यालयले जनाएको छ । 

 

त्यस वार्ताका क्रममा इजिप्टका राष्ट्रपतिसमक्ष जर्मन चान्स्लरले लिबियाको संकटको बारेमा राजनीतिक समाधान खोज्नुपर्ने धारणा राखेका थिए । 

 

इजिप्टका राष्ट्रपति शिशिका प्रवक्ता बसाम रेडीले यस विषयमा लिबियासँग वार्ता गरी राजनीतिक समाधानका लागि तयार पार्नुपर्ने धारणा जर्मन चान्स्लर मार्केलले राखेको जानकारी दिए । 

 

लिबियामा हाल हिंसात्मक आक्रमणहरु हुने गरेका छन् । यहाँ आतंकवादी हमलाहरु पनि हुने गरेको अधिकारीहरुले जनाएका छन् । 

 

यहाँको अवस्थालाई शान्तिपूर्ण रुपमा र राजनीतिक वार्ताको माध्यमबाट टुंग्याउनुपर्नेमा जर्मनीको जोड रही आएको छ । 

 

जर्मन चान्स्लर मार्केलको धारणापछि  इजिप्टका राष्ट्रपति शिशिले पनि लिबियामा राजनीतिक समाधानका लागि इजिप्टले सहयोग गर्ने बताएका थिए ।    

 

इजिप्टका राष्ट्रपति शिशिले लिबियामा जारी रहेको आतङ्कवादी क्रियाकलापहरु रोकेर शान्ति स्थापना गर्ने र राजनीतिक सहमतिका आधारमा अघि बढ्नसक्ने वातावरण बनाउनुपर्ने बताएका थिए ।

 

जर्मनीले लिबियामा हिंसा मच्चाइरहेका विभिन्न विद्रोही समूह र यहाँको सरकारबीच वार्ता गराई यसका माध्यमबाट संकट समाधान गर्ने पक्षमा काम गरिरहेको बताइएको छ ।


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 2 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।