लिबियामा जारी हिंसाप्रति राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले युद्धबिराम सम्झौता अनुरुप लिबियामा जारी हिंसा अन्त्य गर्न सबै सम्बद्ध पक्षसमक्ष आग्रह गरेका छन् । 

 

लिबियाको स्वास्थ्य मन्त्रालयका अनुसार पाँच दिनभित्रै परस्पर लडाकू समूहबीचको हिंसात्मक झडपबाट ३९ जनाको मृत्यु भएको र करिब १०० जनाको मृत्यु भएको छ । यो झडप राजधानी सहर त्रिपोलीको दक्षिणी इलाकामा सोमबार भड्किएको थियो । 

 

“महासचिवले लिबियाको राजधानी सहरका बाहिरी इलाकाहरुमा फैलिएको हिंसाको निन्दा गर्नुभएको छ । हतियारधारीले जथाभावी गोली चलाउँदा आम सर्वसाधारणको मृत्यु र घाइते भएको खबर छ । हिंसाबाट बालबालिकाहरु समेत प्रताडित भएका छन्,” गुटेरेसको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

 

महासचिव गुटेरेसले हिंसात्मक घटनालाई तत्काल रोक्न र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धबिराम सम्झौताको पालना गर्न सबै पक्षलाई आग्रह गरेका छन् । 

 

बेलायत, फ्रान्स, इटाली र संयुक्तराज्य अमेरिकाका तर्फबाट जारी संयुक्त वक्तव्यमा त्रिपोली वा लिबियाका कुनै पनि भागमा हुने हिंसात्मक घटनाका दोषीमाथि कारबाही हुने चेतावनी दिइएको छ । सन् २०११ मा पूर्वनेता मोउमार कद्दाफी सत्ताच्यूत भएपछि त्रिपोलीमाथि प्रभाव जमाउन विभिन्न सशस्त्र समूह सक्रिय छन् । 


थप समाचार

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 5 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 14 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

  • 23 minutes ago
सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।