ISMT

HUB Education

कान्छो जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मीकाे सेवा आइतबारदेखि

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ ।

 

आज राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ । 

 

राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी आवधिक बीमा योजना बिक्री गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । 

 

‘महालक्ष्मी डबल आवधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ’, लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै फिर्ता गरिने योजना सुनाउँदै उनले भने । 

 

त्यसैगरी महालक्ष्मी आवधिक बीमा योजनाअन्तर्गत न्यूनतम बीमा शुल्कमा सुरक्षा पाइने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए । 

 

कम्पनीले यही माघ महिनाभित्रै काठमाडौँ, वीरगञ्ज र पोखराबाट कारोवार थाल्ने तथा इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो सातामा कारोवार सञ्चालन गर्ने जनाएको छ । 

 

कम्पनीकोे चुक्ता पूँजी रु. दुई अर्ब छ भने संस्थापकबाट रु. एक अर्ब ४० करोड चुक्ता भइसकेको छ । कम्पनीले भने रु. ६० करोड सर्वसाधारणका लागि छुट्याइएको बताइको छ । 


थप समाचार

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 23 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

  • 26 minutes ago
भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

  • 27 minutes ago
अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूकाे ठूलाे भीड जम्मा

चितवन । जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?