ISMT

HUB Education

दिनहरु कठिन बनिरहेका छन् ? आफैदेखि असुरक्षित ठानिरहनु भएको छ ? एकपटक यो पढ्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । आजको युगमा मानिसहरु आफ्नो लक्ष्यमा पुग्नको लागि अन्धो भएर लक्ष्यको पछाडी दौडन्छन् । केही मानिसहरुलाई मात्रै थाहा हुन्छ कि आफुले के पाउनुछ तर, अन्य धेरै भने के हाँसिल गर्नु भन्ने थाहा हुँदैन र पनि दौडिन चँैै सबै दौडिरहेका हुन्छन् । 

 

सबैजना दौडिरहेका छन् भने सबैको आ–आफ्नै लक्ष्य हुन्छ र यदि एकै खालको लक्ष्यको लागि धेरै खालको मानिस दौडधुप गरिरहेका छन् भने मानिसलाई असुरक्षाको भाव आउनु स्वभाविक नै हो । 

 

कहिलेकाहीँ त यस्तो भावना हाम्रो आफ्नो मानिसमा पनि आउन सक्छ । घरमा भएका महिलाहरुलाई लाग्न सक्छ मेरो पतिले मेरै लागि यो सब गरेपनि के म सुरक्षित छु त ?

 

बच्चा, युवा र बुढा सबैलाई एक अचम्मको असुरक्षाको भावनाले ग्रसित बनाएको हुन्छ । सबैले आफुलाई धेरै नै असुरक्षित मान्छन् । तर एउटा यस्तो शक्ति जो तपाईसँगै हुन्छ र यदि तपाई त्यस परमशक्ति सँग जोडिनुभयो भने तपाईमा असुरक्षाको भाव हट्नेछ । 

कोही मानिसलाई असुरक्षाको भावनाले यतिसम्म सताँउछ कि उ धेरै तल्लो स्तरमा गिरेर भएपनि आँफुलाई आफ्नो प्रतिस्पर्धी भन्दा माथि पुर्याउन खोज्छ । उसले पुर्वाग्रहले ग्रसित भएर यस्ता कामहरु गर्न पुग्छ जुन उसले गर्न हुँदैनथ्यो ।

 

एउटा यस्तो कथा छः ‘अष्टावक्रको शरिर आठ ठाँउमा बाङ्गो थियो । यस्तो उनको आफ्नै पिताको श्रापको कारणले भएको थियो । अष्टाबक्र बालक गर्भावस्थामै यती योग्य थिए कि पितासँग प्रश्नोत्तर गर्न सक्थे । उनको पितालाई लाग्यो जन्म पछि यसको आफुसँग प्रतिस्पर्धा जस्तो हुन्छ लाग्यो जुन उनी चाँहदैन थिए । एक पिता आफ्नो पुत्रको योग्यताबाट नै असुरक्षित भए र क्रोधमा डुबेर उनले आफ्नो छोरालाई श्राप दिए ।

 

यस्ता धेरै किस्साहरु सुन्न पाइन्छन् तर परमशक्तिको विधानले यो आश्वस्त गर्छ कि सबैलाई मानिसलाई आफ्नो भागको जसरी पनि मिल्छ । जब एकै लक्ष्यको दिशामा धेरै मानिसहरु दौडिरहेका छन् भने तपाई आफ्नो योग्यता र क्षमता बढाउनुहोस् ।

 

तपाई कुनै विशेष सफलताको लागि छानिनको लागि तपाईमा योग्यता र धैर्यता हुन जरुरी छ । त्यसका साथै तपाईमा सबैभन्दा बढि आत्मबल र आन्तरिक उर्जा चाहिन्छ । तपाई परमशक्ति सँग जोडिएर स्वयमलाई सुरक्षित राख्नुहोस र त्यसपछि आफ्नो अभियानमा निस्कनुहोस यसपछि तपाईलाई कसैले पनि असुरक्षित बनाउन सक्दैन ।

 

सफलता चाहिएको छ भने यी कुरामा ध्यान दिनुहोस छिट्टै सफलता मिल्छ 

 

तपाई जुन सुकै काम गर्नुहोस तर पुरै मन लगाएर गर्नुहोस् । यसो गरेमा मात्रै भने तपाई भित्रको सन्यासी वा फकिरी आफै हट्छ । सन्यासको एक अर्थ हुन्छ हरेक अवस्थामा पनि शान्ति छाउनु । शान्तीको खोजीमा हुनुहुन्छ भने एक शब्द ध्यानमा राख्नुहोस ‘स्वाद’ । जीवनमा जुनसुकै क्षेत्रमा ‘स्वाद’ बनाइराख्न छ भने त्यसको लागि तपाईले सम्बन्धहरुलाई राम्रोसँग निभाउनु पर्छ । 

 

हामी धेरै पटक परिवारसँग बस्दा कुनै भौतिक वस्तुहरुको बारेमा मात्रै सोचिरहेको हुन्छौँ । एक घर, एक गाडी, केही मानिसहरु र उनीहरुको सुविधाहरु यसको नाम मात्रै परिवार होइन । यदि परिवारिक सम्बन्ध छैन भने सम्झिनु होस् तपाई कुनै होटल या  धर्मशालामा बसिरहनु भएको छ । जहाँ धेरै खालका मानिसहरु आँउछन जान्छन् र घरका मानिसहरु पनि तपाईलाई त्यस्तै लाग्न सक्छ । 

 

सम्बन्धलाई देख्नको लागि तपाईमा एक विशेष किसिमको ज्योती चाहिन्छ । यसैले साधुसन्तले परिवारहरुलाई एक सल्लाह दिएका हुन्छन साँझको बेलामा घरमा दियो बत्ति जरुर बाल्नुहोस् । त्यसको प्रकाश र सुगन्धले तपाइलाई केही नौलो चिज देखाँउछ र केहि आत्मियता महसुस गराँउछ । 

 

साँझमा घर आएर थाकेको शरिर हेर्नको लागि मात्रै प्रकाशको आवश्यकता छैन् । सम्बन्धको महसुस गर्नको वायसलाई नाप्नको लागि पनि प्रकाश चाहिन्छ । साँझको बेलामा जुन दियो बाल्नुहुन्छ त्यसको प्रकाशमा आफ्नोपन हेर्नुहोस, आफ्ना मानिसहरुलाई हेर्नुहोस । 

 

तुलसीको मठ नजिक बालिने दियोमा आफ्नो प्रियजनको छवि, उनीसँग साथ बिताएको क्षणहरु याद गर्नुहोस  तपाईले प्रेम र न्यानो साथ महसुस गर्नुहुनेछ ।

 

सधैँ केवल दियो बालेर मात्रै नछोड्नुहोस त्यसमा एक प्रयोग गर्दै रहनुहोस् । साँझपख जब दियो बाल्नुहुन्छ त्यसको ज्वालामा एक चलचित्र जस्तो आफ्नो परिवारको दृश्यलाई सम्झनुहोस । तपाई त्यसमा अचानक प्रेमको महसुस गर्न सक्नुहुनेछ र अचानक तपाईको उदासी हराउनेछ । त्यो प्रकाशले तपाईलाई त्यहाँ लैजान्छ जहाँ साँच्चै तपाई आफ्ना प्रिय मानिसहरु सँग भएकोमा सुखी महसुस गर्नुहुनेछ । 

 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 5 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 5 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।