IIMS College

ISMT

HUB Education

यो क्षण पनि टरेर जानेछ !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

‘लक्ष्य विहीन मानिस मृत हो । महत्वाकांक्षाले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस पनि मृत हो । जसको जीवनमा  केही गर्ने उद्धेश्य र मनमा प्रेम छ, त्यही मानिस पूर्ण जीवन्त हो ।’ –पर्ल बेली

 

मान्छे अभावमा आतिन्छ र उपलब्धिमा मातिन्छ, आफूलाई नचिनेसम्म । सामान्य मानिसका लागि अभाव र उपलब्धि दुवै छटपटी  र अस्थिर मनका कारक हुन् । यस्तै छटपटिले दुःखित हुँदा राजा अकवरले वीरबललाई दुःख निवारणको स्थायी समाधान सोधेको प्रसंग उनीहरूको कथामा उल्लेख छ । 

 

‘मलाई दुःख हुँदा र सुख हुँदा दुवै बखत काम लाग्ने कुरा मेरो भित्तामा लेखिदेउ त वीरबल जुन म हरेक दिन त्यो पढेर आफूलाई सम्हाल्न सकुँ ।’ वीरबलको माथिङ्गलले धेरै सोच्यो ।  सोच्नु, एकाग्र हुनु, ध्यान गर्नु एक माध्यम हो जसले संसारका सबै रहस्यको उद्वोध गर्छ । यसैले भनिन्छ, प्रार्थना आफ्नो कुरा भगवानलाई  सुनाउने माध्यम हो भने ध्यान भगवानको कुरा सुन्ने एक अवसर हो । गहिरो  सोचले बीरवलाई नयाँ उपाय दियो । उनले अकवरको घरको भित्तामा एउटा सुन्दर वाक्य  लेखिदिए, जुन वाक्य पढेर अकवरको  मनमा साच्चै  स्थिरता र सुख प्राप्त हुँदै गयो । वीरबलले भित्तामा लेखेको त्यो वाक्य थियो  ‘यो क्षण पनि टरेर जानेछ ।’

 

चिन्ताले मन पिरोलिंदा अकवर भित्ताको त्यही वाक्य हेर्थे, अनि यो पनि टरेर जान्छ भन्ने वाक्यांस  पढेर आफ्नो समस्याको आस्थायी प्रकृति बोध गर्दथे । यस्तै अति सुखले, विलासले उन्मत्त हुँदा पनि उनलाई यो वाक्य हेर्नसाथ झस्कांथ्यो र यो आस्थायी उपलब्धिमा धेरै उल्लासित हुनु बेकार हो भन्दै मनलाई शान्त र स्थिर पार्दथे । सुन्दा सामान्य लागे पनि  दर्शनको शिखरबाट निस्केको बीरवलको यो वाक्यांश वास्तवमा सबैलाई स्थिरता तर्फ डो¥याउने वाक्यांश हो । मनोविज्ञान अनुसार मानिसहरू आपत र विपतलेभन्दा पनि त्यो संकट कति समयसम्म रहने हो भन्ने चिन्ताले ग्रसित भएर वेचैन बन्छन् । जब हामी संकटमा हुन्छौं, अचेतन मनले त्यो संकट सदाको लागि रहन्छ भन्ने ठान्दछ , अनि अनिश्चयको त्रासले हामी थप दुखित बन्छौं । कठिन घडी पार गर्ने एक मात्र साधन हो ‘हरेक घटनामा अस्थिरताको वोध गर्नु ।’ 

 

बुद्ध शिक्षाका अनुसार तटस्त मन, आस्थायी भाव वोध र प्रज्ञा जागरण नै आनन्दका भ¥याङ हुन् । अविचलित मन नै शान्तिको कारक हो । शरीरका संवेदना नियाल्दै , शरीर अस्थिर छ , संसार अस्थिर छ र जीवनका हरेक घटना अस्थिर छ भन्ने भावको आधार नैविपश्यना ध्यान हो । यसो त  श्रीमद्भागवत गीताले स्थिरतालाई नै दुःखको अन्त्य ठह¥याएको छ ।

 

सुखदुःखे समे कृत्वा लाभ लाभालाभौ  जयाजयौं ।

ततो यूद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।   

 

संसारका अन्य दर्शनमा नभेटिने ‘वितराग’ शब्दलाई कृष्णले गीतामार्फत भन्नु भएको छ । राग (मोह ) मा पनि मन वेचैन हुन्छ र वैराग्यमा पनि मनमा अहंकारका विज निख्रिएका हुंदैनन् । तसर्थ राग र वितरागको मध्यअवस्था ‘वितराग’ नै तनाव पखाल्ने साधन हो । वितराग नै स्थित प्रज्ञ हो, जहाँ भय र मोह रहन्न । रागी  वस्तु तथा साधन बाट लोभिन्छ, वैरागी वस्तु तथा साधनबाट भाग्छ । यी दुवैको केन्द्र विन्दु वस्तु तथा साधन नै छन् । तसर्थ, सिग्मण्ड फ्रायडले भने झैं भोगका साधन बाट नजिकिएर वा वैरागी भिक्षुहरूले भने झैं भोग बाट भागेर मनको स्थिरता आउंदैन । यसका लागि भोगको प्राप्ति र गुमाइ दुवैमा एकनास रहने मन नै स्थिर चित्त हो । यो अवस्था शरीर सुद्धी, भोजन शुद्धी, सकारात्मक विचारको अभ्यास, नियमित योग, ध्यान र सम्यक जीवनको साधना मार्फत सम्भव छ । सबै धर्मको गन्तव्य  अध्यात्म नै हो । वास्तविक आफू पत्ता लगाउनु नै आध्यात्मिकता हो ।

 

वस्तु तथा साधन मात्र हैन, आफ्नै विचारको सत्ता मानिसका लागि अशान्तिको कारक बन्छ । आफ्नै मनको कुण्ठाको कारण उत्पन्न हुने हीन भावनाले मानिस कुनै चिन न ज्ञानको निदोर्षिलाई दोषि घोषित गरिदिन्छ । विजय कुमार आफ्नो पुस्तक ‘खुशी’मा लेख्छन्, अहङ्कार यस्तो घाऊ हो जसलाई बोकेर मानिस  हिड्छ । बाटोमा कसैले जानेर, नजानेर दिएको सानो धक्काले पनि त्यो घाऊ धेरै दुख्छ । जती ठुलो घाऊ, उति धेरै  पीडा । पीडा अरूको धक्काले भन्दा पनि आफ्नो घाउको साइजले दिन्छ । सामान्य दिमागलाई यो बुझ्न कठिन हुन्छ र मानिस अरूलाई दोष दिंदै आफु दुखित बन्छ ।’ त्यसैले  मानिसहरू यदकदा आफ्नै विचारहरूका शिकार बन्द्छन् र ‘मरिच चाउरिन्छ आफ्नै पिरोले’ भने झैं वाह्य घटना भन्दा पनि आफ्नै अन्तरङ्ग सोचले बढी पिरोलिन्छ ।

 

जो मिल्छ, जस्तो मिल्छ, त्यसैलाई ग्रहण गर्ने बानी नै आफु र अरूलाई सुखदायक लक्षण हो । भारतका पूर्व प्रधानमन्त्री अटल कुमार वाजपेयीले एक हिन्दी कवितामा (ज्ञान र अध्यात्म भाषाको सीमा भन्दा माथि उठ्छ) सुखलाई यसरी सम्वोधन गरेका छन् ।  

 

क्या हार मे, क्या जीत मे

किन्चित नहिं भयभीतमे ।

कर्तव्य पथपर जो भी मिले

यह भी सहि, वह भी सही..।

 

हारले र जीतले जे उपलब्धी ल्याए पनि त्यो स्वीकार गर्न दरो मनोवल बनाउनेहरू नै वास्तवमा जीवनलाई जितिरहेका हुन्छन् ।

 

यसमा अझ गहिरिऔं, दिन भरमा हामी औषत २१ हजार छ सय पटक श्वास लिन्छौं । जीवन शुरु भएदेखि गरिएको पहिलो कार्य नै श्वास र जीवनको अन्त्यमा गरिने अन्तिम कार्य पनि श्वास प्रश्वास हो । हरेक श्वासहरू अस्थिर छन् । नयाँ श्वास लिईयो भने फेरी पुरानो भईहाल्छ । पलपलमै हाम्रो फोक्सो चल्छ । श्वासलाई लगातार पम्प गर्दै फाल्छ । गहिरिएर हेर्दा  यो श्वास नै जीवनको अस्थिरता बोध गराउने आँफैसँग अहोरात्र रहने गुरु हो । भूगर्वविद र खगोलविद वैज्ञानिकहरू हर्मन र साइमानले यो धर्तिको आयू सरदर २२ लाख वर्ष भनेर हिसाव निकालेका छन् । यस्तै ब्रह्माण्डका हरेक पिण्डको आआफ्नै आयु छ । अर्थात हरेक वस्तु संसारमा अस्थिर मात्र छन् । यही अस्थिरताको बोध  नै हरेक कर्ममा, व्यवहारमा, सोचमा र चिन्तनमा गर्नुलाई पश्चिममा भन्ने गरिएको ‘सेल्फरियलाइजेशन’ र पुर्वमा भनिने निर्वाण वा मोक्षको अवस्था हो । आत्मा मात्र अमर छ । आफ्नो खप्तड  सूक्तिमा खप्तड बाबा लेख्नुहुन्छ ‘आत्मा सुख दुःख तथा यिनका भोक्ताको पनि साक्षी हो । अस्थिरता वोध हुनासाथ थाहा हुन्छ ‘तपांई तत्व दृष्टि ले उही अजर–अमर, शुद्ध बुद्ध, नित्य मुक्त तुरीय ब्रम्ह हो ।’ जब यो सत्यको बोध हुन्छ तब हामी नदेखिने भविष्यका लागि भन्दा देखिने वर्तमानका लागि बढी सुखले बाँच्छौं । एकैछिन सोचौं !    

 

जुनदिन हाम्रो आखिरी श्वास सकिन्छ, त्यसदिन पनि हाम्रो नगद  बैंकमा र अन्य धन यहि संसारमा नै रहन्छ । अहिले धेरैलाई लागिरहेको छ । हामिसित खर्च गर्न पर्याप्त धन सम्पत्ती  छैन ।

 

जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ , यो डा. योगि विकाशानन्दको अनुसन्धान पनि हो । जसलाई एउटा सानो कथाबाट अर्थ खुलाउनु प्रासङ्गिक छ ।

 

एकजना चिनियाँ महाजन वा बादशाहको मृत्यु भयो । उ धनि थियो तर समाज सेवा, दान वा आफ्नै अत्यावश्यक सेवाका खर्चमा समेत रुची राख्दैनथ्यो । यहाँसम्म कन्जुसकी आफ्नो नोकरको तलब कटाएर समेत ऊ भविष्यलाई र आफ्नो बुढेसकालको लागि भनेर सुका सुका पैसा बच्चाउँथ्यो । एक दिन जे हुनुथ्यो सोही भयो । ऊ कालको शरणा गतिमा गयो ।  आफ्नो विधवा पत्नीको लागि बैंकमा १९ लाख डलर छोडेर गयो । विधवाले केही समय पछि आफ्नै घरको उही जवान नोकरसित विवाह गरिन । विवाह पछि नोकरले एक दिन भन्यो– ‘म हमेशा सोच्थें कि म आफ्नो मालिकको लागि काम गर्थें, र उ मेरो लागि गर्दैन तर उसकै लागि धन कमाउन ब्यस्त रहन्छ । तर, आज आएर म सम्झन्छु, आखिर मालिकले  नै हमेशा मेरो लागि मरिमेटेर धन थुपार्दिने  काम गरेको रहेछ ।’यसबाट के सिक्न सकिन्छ ?

 

सुखका लागि बाँच्ने हैन सुखले बाँचौं। 

 

धन अधिक आवश्यक छ तर अधिक धन आर्जन गर्नुभन्दा अधिक बाँच्न सिकाैँ ।

 

राम्रो र स्वस्थ शरीरको लागि प्रयास गरौं ।

 

महंगो फोनको ७० प्रतिशत फङ्शन अनुउपयोगी रहन्छ ।

 

महंगो कारको ७० प्रतिशत गतिको उपयोग हँुदैन ।

 

घरको पुरै दराजमा ७० प्रतिशत कपडा त्यतिकै राखिएको हुन्छ ।

 

पुरै जिन्दगीको ७० प्रतिशत कमाई अरुको उपयोगको लागि छुट्ने गर्छ ।

 

७० प्रतिशत गुणहरुको उपयोग हुँदैन भने ३० प्रतिशत गुणहरुको उपयोग कसरी हुन्छ ।

 

सबै घटना टरेरै जान्छन मात्र हरेक पलमा साक्षि भावको विकास  गर्दै बाँचौं । तपाईं भोक्ता होइन द्रष्टा बन्न सिक्नुहोस । कर्ता हैन साक्षि बन्ने अभ्यास गर्नुहोस् । आनन्दका दैलाहरू विस्तारै तपाईंका लागि खुल्दै जानेछन् ।

 

 

 

 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 4 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 8 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 24 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।