Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUKपत्रकार महासंघ बेलायतको अधिवेशन जुनमा

पत्रकार महासंघ बेलायतको अधिवेशन जुनमा


लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने भएको छ । आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लण्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशन मिति र भेन्यू आवश्यक गृहकार्यपछि आगामी बैठकले घोषणा गर्ने तथा भेन्यू बुकिङसम्बन्धि आवश्यक समन्वयको जिम्मेवारी अध्यक्ष ध्रुवराज अर्याल र कार्यसमिति सदस्य गोमा रानालाई दिने पनि निर्णय गरेको छ ।

त्यस्तै, शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण आगामी अप्रिल महिनाभित्र गरिने भएको छ । जसका लागि आवश्यक विधि र मापदण्डको प्रस्ताव आगामी कार्यसमिति बैठकमा पेश गर्न वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र महासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

बैठकले शाखाको पाँचौं कार्यसमितिका सम्पूर्ण गतिविधि समेट्दै एक स्मारिका प्रकाशन गर्ने तथा वेबसाइट रिडिजाइन गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी क्रमशः कार्यसमिति सदस्य बम थापा सूर्यवंशी र अध्यक्ष ध्रुवराज अर्याललाई दिने पनि निर्णय गरेको छ। कार्यसमितिको अर्को पूर्ण बैठक मार्च २४ तारिख आइतबार बस्ने भएको छ ।

बैठकले कार्यसमिति सदस्य बम थापा सूर्यवंशी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा फोनिज यूकेका नवनिर्वाचित अध्यक्ष बम थापा सूर्यवंशी,कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा फोनिज यूके निवर्तमान अध्यक्ष गोमा राना र ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक प्रकाशित गरेकोमा नगेन्द्र नेम्वाङलाई शाखाका तर्फबाट अध्यक्ष अर्यालले खादा ओढाएर सम्मान गरेका थिए ।

महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट,सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरु गोमा राना,वम थापा सूर्यवंशी र नगेन्द्र नेम्वाङसहित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT