यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् । 

 

पछिल्लो एक वर्ष उनल आफ्नो ब्वाइफ्रेण्डसँग कुवेतसहितका संसारका अलग–अलग देशमा समय बिताइन् । यो दौरान उनले संसारभरका घोड सवारी प्रतियोगितामा पनि भाग लिइन् र त्यसको फोटोहरु सेयर पनि गरिन् । 

 

अप्रिल १९९६ मा जन्मिएकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसारभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन् । 

 

जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिएटलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उनीहरु उच्च शिक्षाका लागि स्ट्यानफोर्ड युनिभर्सिटी गइन् । 

 

उनी घोड सवारीकै सौखिन छिन् र ६ वर्षको उमेरदेखि नै राइडिङ गरिरहेकी छिन् । उनी आफ्नो घोडाको तारिफ गरेर कहिल्यै थाक्दिनन् । उनी सुपर स्वीट र कन्फिडेन्टले भरिएकी छिन् । 

 

बिल गेट्सले उनको यो प्यासनलाई सपोर्ट गर्नका लागि फ्लोरिडाको बेलिङगटनमा एक पपर्टी खरिद गरेका छन् । यहाँ किनिएको बंगलाको मुल्य ५३ करोड रुपैयाँ रहेको बताइएको छ । 

 

 

यो बंगला पाम बीचको धेरै नजिक छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेष्टे«न फेस्टिबल हुने गर्छ । यो फेस्टिबलमा हरेक वर्ष ४९ राज्य, ३० देशका २ हजार ८ सय घोडा सवार प्रतिस्पर्धा गर्छन् । 

 

संयुक्त राज्य अमेरिकाको इक्वेष्ट्रेन फेडरेशनले जेनिफरलाई शो जम्पिङमा १९ औं नम्बरमा राखेको छ । उनी घोडा सवारीका सबै प्रख्यात कम्पिटीसनहरु सहभागी भइसकेकी छिन् । 

 

गेट्सले द हर्स नेटवर्कको भनेका थिए कि उनले आफ्नो स्कुल र हर्स राइडिङमा सन्तुलन बनाइसकेकी छन् । उनी भन्छिन्, ‘यी दुवै चीजले जीवनलाई निकै ब्यस्त बनाएका छन्, तर मलाई यी दुवै चीज मन पर्छन् ।’

 

घुमफिर उनको ग्ल्यामरस लाइफको हिस्सा नै हो । पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड नाएल नस्सरसँग घुमफिरका तस्विरहरु सोसल मिडियामा सेयर गरेकी थिइन् । नाइल पनि प्रसिद्ध शो जम्पर हुन् । 

 

जेनिफरले इन्स्ट्राग्राममा उनको फोटोहरु सेयर गरेर भनेकी छन्, ‘कसैलाई थाहा छैन् कि हाम्रो अफिसियल डेटिङ एनिभर्सरी आज हो वा भोलि । तर, यसले कुनै फरक पर्दैन् । तिमीसँग म हरेक दिन खुशी छु ।’


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 39 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 39 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 45 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।