IIMS College

ISMT

HUB Education

घरमै बसेर हटाउन सकिन्छ अनुहारको चाया–पोतो

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

– अनुहारमा चाया अथवा पोतो आउनु सबै भन्दा बढी पिरलो मानिन्छ । अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भनिन्छ । यो समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ । 

 

– विभिन्न कारणले अनुहारमा चाया वा पोतो आउन सक्छ । घामको किरणको असर तथा भिटामिन सीको कमीले पनि चाया–पोतो आउने गर्छ । जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरुलाई चाया–पोतोले सताउन सक्दैन । 

 

कतिपय अवस्थामा भने पेटमा भएको खराबीले पनि अनुहारमा चाया आउने गर्छ । त्यसैले पानी एकदमै धेरै पिउनुपर्छ । विहान खाली पेटमा पानी पिउनु फाइदाजनक छ । साथै पेटको समस्या समाधान गर्न डाक्टरसँग सल्लाह लिन सकिन्छ । 

 

– घामको किरणबाट आउने समस्याका कारण अनुहारमा आएको चाया हटाउन घरेलु उपाय अपनाउन सकिन्छ । यी उपाय अपनाउन सके अनुहारको चाया हट्नुका साथै अनुहारमा कान्ति आउँछ । 

 

यस्ता छन् घरेलु विधि:

– सफा हुने गरी मुख धुने । घ्यु कुमारी अनुहारमा लगाएर १०–१५ मिनेट राख्ने । सुकेपछि हात भिजाएर विस्तारै मसाज गर्ने । करिब ५ मिनेटको मसाजपछि सफा चिसो पानीले पखाल्ने । यो दैनिक दुई पटक गर्नुपर्छ । यसले अनुहारको चाया हटाउन मद्दत गर्छ ।

 

– अनुहार मज्जाले धुने अथवा क्लिन्जिङ गर्ने । पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने । उक्त पेस्टलाई चाया आएको ठाउँमा प्याक लगाउने । १०–१५ मिनेट राखेपछि चिसो पानीले पखालेमा चाया हराउँछ । 

 

– स्किन ओइली छ भने बेसार र कागतीको रसको पेस्ट प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ । तर, स्किन ड्राई छ भनेयो नगर्नु ठीक हुन्छ । 

 

– दैनिक तीन पटक सफा पानीले अनुहार धोएर सनस्क्रिन क्रिम लगाएमा घामबाट जोगिन सकिन्छ । गोरो छालामा चाया आउने सम्भावना बढी हुन्छ । तसर्थ गोरो छाला भएकाहरु घामबाट जोगिनु पर्छ ।

 

 

 

 

 

 

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 2 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।