चट्याङ लागेर १३ वर्षीया बालिकाकाे मृत्यु

Education Park

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् ।

 

आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

 

बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । सङ्गीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् । 

 

प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन् । 

 

मीना मृतक सङ्गीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । (रासस)


थप समाचार

लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

  • 3 minutes ago
लिवियालीको सङ्कट निकासका लागि निर्वाचन !

त्रिपोली । संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ क

चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

  • 6 minutes ago
चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

एजेन्सी । चेल्सीलाई युरोपा लिगको उपाधि जिताउने मउरित्सियो सार्रीले युभेन्ट्स सम्हाल्ने भएका छन् । इटालियन महारथी युभेन्ट्सले सार्रीलाई तीन वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 23 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।