राज्यबाट पाएको पारिश्रमिक वडाध्यक्षले बाँडे सामाजिक काममा

  • सोमबार, २५ भदौ, २०७५
  • 4 months ago
  • नेपाल
file-photo

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले राज्यबाट पाएको पारिश्रमिक सामाजिक कामका लागि प्रदान गरेका छन् । 

 

आफू राज्यको तलब खान नभई जनताको सेवा गर्न जनप्रतिनिधि बनेको भन्दै राज्यबाट पाउने सबै पारिश्रमिक सामाजिक कामका लागि लगानी गर्ने अध्यक्ष चौहानले बताए । 

 

अध्यक्ष चौहानले यस वर्ष प्राप्त रु एक लाख ६८ हजार र व्यक्तिगत रु ८३ हजार १११ थपेर रु दुई लाख ५१ हजार १११ नगद सामाजिक कामका लागि आइतबार प्रदान गरे । 

 

बुबालुङस्थित अन्नपूर्ण माविमा आयोजना गरिएको औपचारिक कार्यक्रममा अध्यक्ष चौहानले सम्बन्धित संस्थाका पदाधिकारीलाई नगद प्रदान गरेका हुन् । 

 

उनले आफ्नो वडामा गठन भएका १३ वटा टोल विकास समितिलाई जनही रु दश÷दश हजार गरी नगद रु एक लाख ३० हजार प्रदान गरेका छन् । 

 

समितिलाई घुम्ती कोष सञ्चालन गर्न सघाउ पु¥याउने उद्देश्यले आफूले राज्यबाट पाएको पारिश्रमिक उपलब्ध गराएको अध्यक्ष चौहानले बताए । 

 

यसैगरी इण्डियन आर्मीबाट निवृत्तिभरण प्राप्त गरीरहेका अध्यक्ष चौहानले आफ्नो स्व बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्न नगद प्रदान गरे । 

 

विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये गरीब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको हो । 

 

३२ वर्षीय अध्यक्ष चौहानले स्थानीय १० वर्षीय छात्र निरकुमार खत्रीको अभिभावकत्वसमेत ग्रहण गरेका छन् । 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 45 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 53 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 1 hour ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।