Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलपुरुष भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

पुरुष भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई


सुर्खेत । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।

कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार सशस्त्र प्रहरी बलसँगको खेलमा ३–१ ले उपाधि जित्न सफल भएको हो ।

पहिलो सुरुवाती सेट पुलिसले गुमाएको थियो । एपिएफले २५–२२ ले १ अंक लिन सफल भएको थियो । तर, दोस्रो, तेस्रो र चौथौं सेट लगातार पुलिस क्लवले जितेको हो । पुलिस क्लवले क्रमशः २५–१९, २५–१८ र २५–२३ मा ३ अंक लिन सफल भएको हो ।

योसँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT