बलात्कार हुनबाट जोगाउने ‘लिपिस्टिक गन’, महिलाहरूको लागि उपयोगी हुने दाबी

सांकेतिक तस्वीर

एजेन्सी । महिलाहरूमाथि बढ्दो आक्रमण र बलात्कारका घटनाहरूबाट चिन्तित एक भारतीय युवाले महिलाहरूको लागि उपयोगि ‘लिपिस्टक गन’ बनाएको दाबी गरेका छन् । वाराणासीका युवा वैज्ञानिक श्याम चौरसियाले मुश्किल समयमा महिलाहरूले आक्रमणकारीमाथि प्रयोग गर्न सक्ने ‘लिपिस्टिक गन’ बनाएको बताए । 

 

चौरसियाले महिलाहरूको सुरक्षालाई मध्यनजर गर्दै यसअघि पनि थुप्रै उपकरण बनाएको बताइएको छ । उनले हालसम्म बनाएका उपकरणहरूमध्ये ‘लिपिस्टिक गन’ महिलाहरूको सुरक्षाको दृष्टिले अत्यन्तै उपयोगी हुने बताए ।

 

चौरसियाले बनाएको सो उपकरणको पुरा नामा ‘स्मार्ट एन्टी टीजिंग लिपिस्टिक गन’ हो । हेर्दाखेरी यो केवल एक लिपिस्टिकजस्तो देखिन्छ । तर यसमा ट्रिगर जडान गरिएको छ जस्ले गोली पड्किँदा आउने ठूलो आवाज उत्पन्न गर्दछ । यसले आसपासको क्षेत्रमा रहेका मानिसहरू ध्यान खिच्न काम गर्नेछ ।

 

त्यस्तै सो उपकरणमा ‘ब्लुटुथ सेन्सर डिभाइस’ समेत लगाइएको चौरसियाले बताएका छन् । उक्त डिभाइसलाई पनि ट्रिगरको सहायताले स्मार्टफोनसँग कनेक्ट गर्न सकिनेछ । लिपिस्टिकमा लगाइएको ट्रिगर दबाउने बित्तिकै महिलाको वास्तविक लोकेशनसहित प्रहरीको कन्ट्रोल रुम र परिवारका सदस्यहरूको मोबाइलमा फोन जाने व्यवस्था गरिएको छ ।

 

चौरसियाका अनुसार उनलाई यो उपकरण निर्माण गर्न करिब ६ महिना लागेको थियो । यसमा ३ दशमलव ७ प्वाइन्टको ब्याट्री र ब्लुटुथको प्रयोग गरिएको उनले बताए । लिपिस्टिकमा प्रयोग गरिएको ब्याट्रीलाई एक पटक चार्ज गरेपछि कैयौं दिनसम्म प्रयोग गर्न सकिने जनाइएको छ ।

 

‘लिपिस्टिक गन’ बनाउन कुल ६ सय ५० रुपैयाँ खर्च भएको चौरसियाले बताए । यसको वजन करिब ७० ग्राम रहेको छ । यसमा लगाइएको ट्रिगर दबाउनेबित्तिकै ब्लुटुथको सहायताले स्मार्टफोन आफै ‘अनलक’ भई प्रहरी कन्ट्रोल रुम र पछिल्लो पटक डायल गरिएको नम्बरमा फोन जानेछ । यसको अलावा यस्ले घटनास्थलको अडियो रेकर्ड गर्ने समेत जनाइएको छ  ।

 

लिपिस्टिक गनमा दुई वटा माइक प्रयोग गरिएको र सो माइकको सहायताले घटनास्थल वरिपरीको आवाज स्पष्ट सुन्न सघाउने चौरसियाले जानकारी दिए । उनले यसअघि एक स्याण्डिल बनाएका थिए, जस्को नाम उनले ‘एन्टी रेप स्याण्डिल’ राखेका थिए ।


थप समाचार

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

  • 16 seconds ago
सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

सर्लाही । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बा

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 29 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 42 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।