'प्रश्नहरूकाे कारखाना'काे हिन्दी अनुवाद सार्वजनिक

Education Park

काठमाण्डौ । कवि सरिता तिवारीको कवितासङ्ग्रह ‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद ‘सवालों का कारखाना’ सार्वजनिक भएको छ । 

 

वि.सं. २०७२ सालमा प्रकाशित तिवारीको कविताकृति ‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद मंगलबार काठमाण्डौको भृकुटीमण्डपमा जारी २२ अाैँ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी परिसरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । उक्त कवितासङ्ग्रह २०७२ सालको मदन पुरस्कारको लागि मनोनयन सूचीमा समेत परेको थियो ।

 

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा वक्ताको रूपमा बोल्दै कवि तथा समालोचक डा. अमर गिरीले प्रगतिशील धारमा रहेर निरन्तर कलम चलाइरहेकी कवि सरिता तिवारीसँग केही विषयहरूमा आफ्नो असहमती रहे पनि सारमा तिवारीका कवितामा रहने प्रतिरोधी चेतनासँग आफ्नो असहमती नरहेको टिप्पणी गरे ।

 

कार्यक्रमका अर्का वक्ता तथा कवि तिवारीकाे कविता सङ्ग्रहका अनुवादक प्रमोद धितालले प्रतिराेधी धारका समकालीन नेपाली कवितालाई हिन्दीभाषी पाठकहरूको माझमा पुर्‍याउन तिवारीको कविताकृति अनुवाद गरिएको बताए ।

 

 

तुलनात्मक रूपमा हिन्दी साहित्य नेपालमा लामो समयदेखि पढिदैँ आएको भए पनि भारतीय पाठकवृत्तमा नेपाली साहित्यले स्थान नपाएको अवस्थामा अनुवाद मार्फत् नेपाली साहित्यको विस्तारमा सहयोगी भूमिका खेल्न आफु अनुवादकर्ममा लागेको धितालको भनाई थियो । 

 

कार्यक्रममा धितालले निकट भविष्यमै आफुले समकालीन नेपाली कवितामा प्रतिरोधी चेतनासहित कविता लेखिरहेका २५ जना कविका कविताहरूको हिन्दी अनुवादकाे संकलन ल्याउन लागेको जानकारी दिए ।

 

त्यस्तै पुस्तकको प्रकाशक संस्था परिकल्पना प्रकाशनको तर्फबाट बोल्दै लेखक सत्यम वर्माले एउटै सभ्यता र मिल्दोजुल्दो संस्कृतिको माझमा रहेर पनि नेपाल र भारतबीच साहित्यिक आदनप्रदान हुन नसक्नुलार्इ ठूलो समस्याको रूपमा औंल्याए ।

 

भूमण्डलीकरणको नाराले पूँजीवाद र साँस्कृतिक साम्राज्यवादको मात्रै सेवा गरेका बताउँदै वर्माले त्यसको प्रतिरोधमा लेखिने साहित्यको प्रवर्द्धन गर्नु आफुहरूको मूल उद्देश्य रहेको समेत जानकारी दिए ।


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 3 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 3 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 3 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।