तेस्रो कलेजो प्रत्यारोपण सफल,खड्काले नयाँ जीवन पाए

Education Park

भक्तपुर ।  “मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरो श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।” 

 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ९मानव अंग प्रत्यारोपण केन्द्र० भक्तपुरको सघन उपचार कक्षको श्ययामा रहेका कराते खेलाडी ४३ वर्षीय बद्री खड्काले यसो भनिरहँदा उनको मुहार हसिलो देखिन्थ्यो । 

 

बूढानीलकण्ठ नगरपालिका– ११ कपन निवासी खड्काको जीवनमा विगत १३ वर्षदेखिको निराशा हटेपछि सिंगो परिवारमा खुशी छाएको छ । 

 

विसं २०६२ मा कलेजोमा समस्या देखेर उपत्यकाका नाम चलेका विभिन्न अस्पताल धाउँदाधाउँदा झण्डै रु ३० लाख सिद्धिएको बताउँदै उनले भने, “डाक्टरले कलेजोमा प्वालैप्वाल छ भन्थे, इन्फेक्सन हुनबाट जोगाउँन औषधि खाइरहेको थिएँ, कलेजो नफेरी हुँदैन भन्थे, त्यो अवसर बल्ल जु¥यो र बाँचे ।” 

 

ओम अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, काठमाण्डाँै मेडिकल कलेज हुँदै भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएपछि गत असार १० गते कलेजो प्रत्यारोपण सफल भएसँगै उहाँले दोस्रो जुनी पाएका हुन् । 

 

“श्रीमतीको रेखदेख र औषधि खाएकै भरमा अहिलेसम्म बाँचेको हुँ, विसं २०६५ मा वीर अस्पतालका डाक्टरले खान मन लागेको जे खाए पनि हुन्छ खान दिनुस्, अब घर लानु पर्दैन, आर्यघाट लगेहुन्छ भने, त्यतिखेर मलाईभन्दा बढी गाह्रो मेरो श्रीमतीलाई भयो”, अस्पतालका डाक्टरले भनेका तितो अनुभव उनले सुनाए । 

 

विसं २०६० मा ललितपुर इमाडोलकी रुसा सुवेदीसँग मागी विवाह गर्नुभएका उहाँका १३ वर्षीया छोरी र नौ वर्षीय छोरा छन् । छोराछोरी सम्हाल्दै बिरामी श्रीमान्लाई विभिन्न अस्पताल पु¥याउँदै अन्तमा आफ्नै कलेजो दिएर बचाउँन सफल हुनुभएकी रुसाको हिम्मत र आँटले नै आफू बाँच्न सफल भएको खड्का बताउँछन् । 

 

उनी भन्छन्, “शरीर सबै सुन्नियो, पेट निकै ठूलो भयो, पटकपटक फोक्सोबाट पानी झिक्दा मलाई भएको पीडा देखेर श्रीमतीलाई पनि धेरै दुखेछ, मेरो पीडा उनलाई सहन गाह्रो भयो, त्यसैले उनले आफ्नै कलेजो दिने निर्णय गरिन् ।” 

 

नेपालमा कलेजो प्रत्यारोपण सेवा शुरु नभएकाले भारत जाने सल्लाह भए पनि भारतमा प्रत्यारोपणमै रु एक करोडभन्दा बढी लाग्ने र डिस्चार्ज भएर आउने बेलासम्म रु एक करोड ५० लाख खर्च हुने भएपछि भारत खड्का गएनन् । 

 

यस केन्द्रमा भने रु २० लाख जम्मा गरेकै भरमा सफल कलेजो प्रत्यारोपणसंगै उपचार सकिएको बताउँदै उनले नेपाल मै थोरै पैसाले प्रत्यारोपण गर्न सकिने हुँदा धेरैको ज्यान बाँच्ने र पैसाको बचत हुने बताए । 

 

डाक्टरमार्फत नै भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएपछि केन्द्रमा आएर सबै जाँच गर्दा श्रीमतीको कलेजो प्रत्यारोपण गर्न मिल्ने भएपछि गत असार १० गते प्रत्यारोपण गरिएको हो । 

 

रुसा भँछन्, “अब त उहाँले घर मात्रै कुरिदिए पनि पुग्छ, अरु केही गर्नु पर्दैन, कमसेकम उहाँ भएपछि मेरो जीवन पूर्ण भएको छ, मेरो धेरै तनाव घटेको छ ।” सानैदेखि माछा मासु नखाने, मदिरा नपिउने भए पनि विसं २०५३ मा दुई पटक कमलपित्त भएको थियो । 

 

करातेका मास्टर र करातेका थ्री डनसमेत भइसकेको बद्रीको दुई वटा आफ्नै डोजो र विभिन्न विद्यालयमा सिकाउन जानुपर्ने हुँदा समयमै खाना खाने व्यवस्था नहुँदा धपेडीकै कारण कलेजो बिग्रिएको उनको भनाइ छ । 

 

केन्द्रका प्रमुख एवं निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म तीन वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको बताउँदै अब सातामा एउटा कलेजो प्रत्यारोपण गर्न सकिने अवस्थामा केन्द्र पुगेको बताउँछन् । 

 

भारतको दिल्लीस्थित म्याक्स अस्पतालका प्रा डा सुभास गुप्ताको नेतृत्वमा रहेको नौ सदस्यीय टोली र केन्द्रका डा श्रेष्ठको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले १४ घण्टा लगाएर खड्काको कलेजो प्रत्यारोपण गरेको हो । 

 

डा श्रेष्ठले भने “हामीसँग जनशक्ति र प्रविधि तयारी अवस्थामा छ, अब बिरामी आए हरेक साता कलेजो प्रत्यारोपण गर्न सक्छौँ । केन्द्रले २० लाखमै कलेजो प्रत्यारोपण गर्न सक्छ, अब यसकै लागि भारत जानु पर्दैन ।” 

 

नेपालमा पहिलो पटक यही केन्द्रमा भक्तपुरका बलराम नागालाई उहाँकै दिदी सानुमाया लागेजुले कलेजो दिएको थियो भने दोस्रो पटक केन्द्रमै लगनखेलका ५७ वर्षीय हीराकाजी महर्जनको कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । उहाँलाई छोरी सरिताले कलेजो दिएका थिए ।  


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 2 hours ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 2 hours ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 2 hours ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।