सचेत रहनुहोस्, कतै तपाईको कलेजोमा पनि बोसो जमेको त छैन ?

काठमाडौं । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ ।

 

वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा. विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ ।

 

सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’

 

उनले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ ।

 

यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेह रोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ ।

 

कलेजोमा बोसो जम्दाको लक्षणः

 

भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ ।

 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा। विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्नु, रातो नसा छालामा देखिन जस्ता लक्षण देखिने बताए ।

 

उनले कलेजो बिग्रँदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने, शरीर सुक्दै जाने जस्ता लक्षण देखिने पनि बताए ।

 

गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ । डा। शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताउँछन् ।

 

यसरी बच्न सकिन्छः

 

यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ ।

 

यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा। शर्माले सल्लाह दिए ।  

 


थप समाचार

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

  • 12 minutes ago
उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल

राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

  • 15 minutes ago
राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

नयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गरेका छन्।

सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

  • 18 minutes ago
सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

काठमाडौँ । सरकारले समृद्धिको भद्दा भाषण गरेको पनि लामै भयो । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रका कार्यक्रम होस्, सरकारी बैठक नै किन नहोस् जताततै समृद्धिकै चर्चा हुने गरेको छ । दुई तिहाई प्



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।