IIMS College

ISMT

HUB Education

च्याम्पियन्स लिग प्रिभ्युः घरेलु मैदानमा लिभरपुललाई पछार्ने दाउमा पोर्तो

  • मंगलबार, २६ चैत, २०७५
  • 10 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यस सिजन पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा पोर्तोले लिभरपुलसँग आमनेसामने गर्दैछ । आज राति हुने खेलमा पोर्तोले लिभरपुलको घरेलु मैदानमा कस्तो खेल प्रदर्शन गर्ने हो त्यो हेर्न लाखौँ फ्यानहरु उत्सुक रहेका छन् । यस सिजन लिभरपुल घरेलु मैदानमा बलियो टोली हो । 

 

लिभरपुलले युरोपियन प्रतिस्पर्धामा पोर्तोविरुद्ध एक खेल पनि गुमाएको छैन । पोर्तोविरुद्धको खेलमा लिभरपुलले ३ खेलमा जित, ३ खेल बराबरी खेलेको छ । 

 

गएको सिजन लिभरपुलले पोर्तोलाई ५–० गोलले पराजित गर्दै पाखा लगाएको थियो । दोस्रो लिग भने गोलरहित बराबरीमा सकिएको थियो ।

 

क्वाटरफाइनलका खेलमा लिभरपुलको पुराना रेकर्डहरु उत्कृष्ट रहेका छन् । सन् २००८ र २००९ मा मात्र लिभरपुल चेल्सीसँग ५–७ गोलले पराजित हुँदै बाहिरिएको थियो । 

 

लिभरपुलसँग सबैभन्दा धेरैपटक प्रतिस्पर्धा गरेको टोली हो पोर्तो । तर, हालसम्म पनि लिभरपुलमाथि पोर्तोले जित हासिल गर्न सकेको छैन । 

 

लिभरपुलले यस सिजन च्याम्पियन्स लिगमा गरेका १२ गोल सबै डिबक्सभित्रबाट भएका छन् । त्यस्तै पोर्तोले ९ गोल गोल डिबक्स भित्रबाट खाएको छ । 

 

यस सिजन पनि लिभरपुल उच्च फर्ममा रहेको छ । दुईवटा उपाधि जित्ने दाउमा रहेको लिभरपुलले सहजै सेमिफाइनलको यात्रा तय गर्ने समिक्षकहरुलेब बताएका छन् । लिभरपुलका स्टार खेलाडीहरु साडियो माने, रोबर्टो फिरमिन्हो र मोहमम्द सलाह, भिर्जिल भ्यान डायक जस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् । पहिलो खेल घरेलु मैदानमा भएका कारण पनि जित्नै पर्ने दबाब लिभरपुलमाथि रहेको छ । लिभरपुलले जित्नेमा प्रशिक्षक उर्गेन क्लप पनि आशावादी रहेका छन् । 

 

त्यस्तै पोर्तोका प्रशिक्षक सर्जियो कोन्सियायोले लिभरपुललाई रोक्न आफुहरु सक्षम रहेको बताएका छन् । उनले भनृेका छन्, ‘एन्फिल्डमा खेल्नु कठिन हुनेछ । तर, हामीहरु विश्वासका साथ खेल्नेछौँ ।’

 


थप समाचार

मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

  • 22 minutes ago
मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले लौरियस स्पोर्टस्म्यान अवार्ड जितेका छन् । सोमबार राति जर्मनको बर्लिनमा भएको कार्यक्रममा उनले पहिलो पटक उक्त अवार्ड जितेका हुन् ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • 28 minutes ago
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको ड

भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

  • 40 minutes ago
भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

रामपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी पहिलोपटक पैदलयात्रा हुने भएको छ । कालीगण्डकी बेँसी पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई जोड्ने गरी सीताकुण्डदेखि रामडाँडासम्म पैदलयात्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।