IIMS College

ISMT

HUB Education

'लिभरपुललाई टक्कर दिन अब लगभग असम्भव'

  • सोमबार, ७ पुष, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले यस सिजन लिभरपुललाई भेट्टाउन लगभग असम्भव रहेको बताएका छन् ।

 

गएको सिजन सात अंकले अग्रता बनाएको लिभरपुललाई पछि पार्दै म्यानसिटीले प्रिमियर लिग उपाधि जितेको थियो । गएको सिजन म्यानसिटी र लिभरपुलबीच ऐतिहासिक प्रतिस्पर्धा भएको थियो ।

 

म्यानसिटीले ९८ अंकका साथ प्रिमियर लिग उपाधि जितेको थियो भने लिभरपुलले ९७ अंकका साथ दोस्रो स्थानमा चित्त बुझाएको थियो । तर, यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ ।

 

लिभरपुलभन्दा एक खेल धेरै खेलेको म्यानसिटी ११ अंकले पछि रहेको छ । ग्वार्डीवालाले पनि लिभरपुलले यस सिजन उत्कृष्ट खेल प्रदर्शन गरेको र उसलाई टक्कर दिन कठिन हुने बताएका छन् ।

 

प्रिमियर लिगको मध्य सिजनतिर आइपुग्दा पनि लिभरपुल अपराजित रहेको छ ।

 

हालसम्म एक खेलमात्र बराबरी खेलेको लिभरपुलले यस सिजन कडा प्रतिस्पर्धा नगरी प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बढी रहेको बताइएको छ ।

 

यस सिजन १७ खेलमा लिभरपुलले ४९ अंक जोडेको छ भने म्यानसिटीको ३८ अंक रहेको छ । 


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 3 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 4 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 5 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।