स्थानीय तह कागजविहीन बनाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक पेपरलेस (कागजविहीन) भएसँगै स्थानीय तहलाई कागजविहीन बनाउने गृहकार्य अघि बढाएइएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सहकार्य गरेर त्यसको गृहकार्य अघि बढाएको हो । गत श्रावण १० गते कार्यालयले मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीअनुसार सञ्चालन गरी कागजविहीन बनाइएको थियो।

 

मन्त्रालयले ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरिरहेको हो । सो प्रणाली लागू भएपछि ७ सय ५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिको प्रशासनिक कार्यमा कागज प्रयोग गर्न नपर्ने स्थिति हुने बताइएको छ ।

 

प्रणाली प्रयोगमा ल्याइसकेपछि स्थानीय तहका काम पूर्णतया डिजिटलमा जानेछन् । ‘सेवाग्राहीका कामका लागि मूल दर्तामा कुनै कागज ‘स्क्यानिङ’ गरिने मन्त्रालयको सूचना प्रविधि शाखाले जनाएको छ । शाखा अधिकृत देवेन्द्र झाले भन्नुभयो– ‘अनि त्यही कागज नै अन्य शाखाका कम्प्युटरको माध्यमबाट पु¥याई काम हुनेछ ।’ मन्त्रालयका अनुसार अहिले अफिस अटोमेशन प्रणालीको काम आधा सकिएको छ ।

 

यस्तै कुनै विषयमा टिप्पणी उठाइएको छ भने त्यसलाई पनि स्क्यानिङ गरी कम्प्युटरमा राखिने छ । त्यहीबाट काम हुनेछ । अहिले युजर, एप्लिकेसन, वेभवेस एप्लिकेसनको काम भइरहेको छ । प्रणाली बनाएर चाँडै नै सञ्चालन ल्याइनेछ ।

 

मन्त्रालयले तयार पारिसकेपछि सो प्रणाली निःशुल्क रुपमा सबै स्थानीय तहलाई उपलब्ध गराइने छ । यसै गरी यसभन्दा अगाडि मन्त्रालयले स्थानीय तहलाई अडियो सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

 

फोनमार्फत स्थानीय तहका सूचना जानकारी दिनका लागि मन्त्रालयले अडियो सेवा सञ्चालन गर्न निर्देशन दिइसकेको हो । मन्त्रालयका सूचना अधिकारी रमेश न्यौपानेका अनुसार सबै स्थानीय तहमा इन्टरनेट सेवा नपुगेकाले डिजिटल बनाउन समस्या परेको छ । उहाँले करिब १ सय ५० स्थानीय तहमा इन्टरनेट सेवा नपुगेको बताउनुभयो । आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 49 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 3 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 8 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।