उत्तर–दक्षिण लोकमार्गः कति काम भयो, किन गति सुस्त ?

  • सोमबार, २५ भदौ, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौं । सरकारले विभिन्न २१ ओटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । लुम्बिनी क्षेत्रविकास कोषदेखि उत्तर–दक्षिण रेलमार्गसम्मलाई सरकारले राष्ट्रिय गौरवका आयोजना मानेको छ । विभिन्न जलविद्युत अयोजनादेखि पूर्वाधार विकासलाई राष्ट्रिय गौरवका आयोजना मानेर भइरहेको काम अपेक्षकृत दु्रत गतिमा हुन सकिरहेको छ । समृद्धिको ठूला कुरा गरे पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न भइरहेका प्रयत्नहरु पर्याप्त छैन । गौरवका आयोजनामा सूचीकृतध्ये उत्तर–दक्षिण लोकमार्ग निर्माणको कार्यप्रगति यस्तो छ । 

 

आयोजना: उत्तर–दक्षिण लोकमार्ग

कुल लम्बाईः १ सय ६२ किलोमिटर

विनियोजित वजेटः२ अर्ब ९९ करोड ८३ लाख ७८ हजार

हालसम्मको खर्चः २ अर्ब ९६ करोड ६६ लाख ९३ हजार

 

पूर्णरुपमा सम्पन्न भएपछि चीन र भारतलाई जोड्ने उत्तर–दक्षिण लोकमार्गलाई कोशी, कालीगण्डकी र कर्णाली गरी तीनवटा करिडोरमा विभाजन गरिएको छ । उत्तर–दक्षिण लोकमार्गको तीनओटै करिडोरहरुको आर्थिक वर्ष २०७४–७५ को तेस्रो चौमासिकसम्ममा भएका मुख्यमुख्य उपलब्धीहरुको विवरण ः 

 

– कर्णाली करिडोरः हिल्सा–सिमिकोट सडकको १०.५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न

– कोशी करिडोरः ३६ किलोमिटर ट्रयाक तथा १५ किलोमिटर ग्राभेल सम्पन्न

– कालिगण्डकी करिडोरः ३४ किलोमिटर ट्रयाक र ३९ किलोमिटर ग्राभेल सम्पन्न, सडक चौडा गर्ने, पाईप कल्भर्ट र टेवा पर्खाल, सबबेस निर्माण जारी 

 

उत्तर–दक्षिण लोकमार्गको हिल्सा–सिमिकोट सडकमा वार्षिक ८ प्रतिशत ट्रयाक खोल्ने लक्ष्य लिइएकोमा १० दशमलव ५ प्रतिशत ट्रयाक खोलिएको छ । त्यस्तै कोशि करिडोरमा ४० किलोमिटर ट्रयाक खोल्ने लक्ष्य लिईएकोमा ३६ किलोमिटर ट्रयाक खोल्ने काम पूरा भएको छ । र खण्डास्मितस्थित १० किलोमिटर स्तरउन्नती गर्ने वार्षिक लक्ष्य रहेकोमा १५ किलोमिटर सडक स्तरउन्नती गरिएको छ । त्यस्तै कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सिमिकोट खण्ड, कालिकोट–बाजुरा–हुम्ला–ट्रयाक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । 

 

उत्तर दक्षिण लोकमार्ग निर्माणमा अझै केही नीतिगत तथा प्राविधिक समस्या छन् । नीतिगत अप्ठेरोका कारण जंगल क्षेत्रमा रूख कटान गर्न र विस्फोटक पदार्थ सहजरूपमा प्रयोग गर्न कठिन भइरहेको छ । त्यस्तै, माथिल्लो मुस्ताङ क्षेत्रमा अक्सिजनको कमी र हावाको अत्यधिक वेगका कारण ६ महिनाभन्दा बढी काम हुन नसक्ने स्थिति छ । आधुनिक औजार तथा कामदारको अभावका कारण पनि आयोजनाको काम तिब्र गतिमा अघि बढ्न सकेको छैन । 

 

उत्तर–दक्षिण लोकमार्ग नेपालका समृद्धि सपना साकार पार्ने एउटा सारथि आयोजना हो । उत्तरी छिमेकी देश चीन र दक्षिणी छिमेकी भारतसँग सिधा र छोटो सम्बन्ध राख्ने यो आयोजना पूरा हुँदा नेपालसँगै चीन र भारतलाई पनि फाइदा पुग्छ । 

 

चीनको तिब्बतस्थित फलाकदेखि भारतको बिहारस्थित भिठ्ठामोडसम्म उत्तर–दक्षिण लोकमार्ग फैलिएको छ । भारतीय सिमाना भिठ्ठामोडबाट जलेश्वर, बर्दिबास, दोलखाको लामाबगर हुँदै खुर्कोटको पुलसम्म १ सय २३ किलोमिटर सडकमा यातायात चालू छ । लामाबगरबाट उत्तर दक्षिण लोकमार्गको खुर्कोट पुलबाट ३२ किलोमिटर ट्रयाक खुलेपछि यो नाकाले चीन र भारतलाई जोड्ने  छ । सडक निर्माणपछि तिब्बतको ल्हासा र सिगात्सेबाट भारतको बिहारहुँदै सामान ढुवानी गर्न सजिलो यो सडक व्यपारिक दृष्टिले महत्वपूर्ण छ । उक्त सडकले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने छ । जसबाट नेपालको समृद्धि सपना पूरा हुने अपेक्षा गरिएको छ ।  

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 3 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 8 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।